Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ घर फोडेर सुनका गरगहना र ई–रिक्साका ब्याट्री चोरी गर्ने चार जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घर फोडेर सुनका गरगहना र ई–रिक्साका ब्याट्री चोरी गर्ने चार जना पक्राउ

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०८० · 0
घर फोडेर सुनका गरगहना र ई–रिक्साका ब्याट्री चोरी गर्ने चार जना पक्राउ
120
SHARES
ShareTweet

बुटवल । ईलाका प्रहरी कार्यालय वुटवलले घर फोडेर सुनका गरगहना, नगद तथा ई–रिक्साका
ब्याट्री चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ ।
यही जेठ १९ गते जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं. १७ रानीगंज बस्ने गिता पाण्डेको घरको भित्ता फोडी कोठाबाट सुनका बाला, चन्द्रमा, झुक्मा तथा नगद चोरी भएको थियो ।
घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय मातहत वडा र नगर प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरी भएका गरगहना तथा चोरी गर्ने व्यक्तिहरुको खोजतलास गर्ने क्रममा जेठ २१ गते बुटवल उप–महानगरपालिका वडा नं. १७ रानीगंज पुलमा शंकास्पद अवस्थामा बसेको अवस्थामा बुटवल उप–महानगरपालिका वडा नं. १७ बस्ने बर्ष २१ को बिजय परियार र सोही ठाउँ वस्ने बर्ष २२ को सुरज घर्ती मगरलाई पक्राउ गरेको हो ।
निजहरुको साथबाट चोरी भएको सुनका केही गरगहना र नगद रु पच्चिस हजार समेत बरामद गरी निजहरुलाई चोरी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय वुटवलले जनाएको छ ।
यस्तै प्रहरीले यही जेठ १९ गते राती बुटवल उप महानगरपालिका वडा न. ९ ईटाभट्टी स्थित ईन्द्र बहादुर कुँवरको ना. २ ह. २४२३ नम्वरको ई–रिक्साको दुईवटा व्याट्री र सोही ठाउँ बस्ने सुभाष कुमारको चारपाँग्रे फलफुल राख्ने ठेला चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामनगर बुटवलबाट खटिएको प्रहरी टोलिले चोरी भएका सामान र चोरी गर्ने मानिसहरुको खोज तलास गर्ने क्रममा जेठ २१ गते बुटवल उप महानगरपालिका वडा न. ६ पुरानो बसपार्क बाट बुटवल उप महानगरपालिका वडा न. २ बस्ने बर्ष १९ को कुसमान अली र सोही ठाउँ बस्ने बर्ष २२ को खेमराज दर्जीलाई पक्राउ गरेको हो ।
चोरी भएको ठेलामा दुईवटा ई–रिक्साका व्याट्री सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई चोरी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

आज विश्व वातावरण दिवस मनाईदै

Next Post ≫

रोयल ईन्फिल्ड बुलेटको दुई नयाँ मोडलका बाइक बजारमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क