Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0
लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु
90
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट संचालन भएको छ । प्रदेश सरकारले बजेट निकासा रोकेको भन्दै अन्यौलमा परेको प्रतियोगिता प्रदेश सरकारले बजेट फुकुवा गरेपछि निर्धारित समयभन्दा एकदिन ढिला प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले युवाहरुलाई अनुशासित बनाउन र विकासमा जोड्न खेलकुद महत्वपूर्ण माध्यम हुन सक्ने बताए । उनले खेलकुदलाई मनोरञ्जन र स्वास्थ्यमा मात्र सिमित राख्न नहुने बताउँदै खेलकुदले समग्र देशको विकासमा भूमिका खेल्ने उल्लेख गरे । उनले खेलाडीहरुलाई केन्द्रीय प्रतियोगिता जितेर आउन शुभकामना पनि दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले खेलकुद दुब्र्यसनीमा लागेका युवालाई सहि मार्गमा ल्याउने मुख्य माध्यम हुन सक्ने बताए ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईको अध्यक्षतामा भएको उदघाटन समारोहमा प्रदेश सांसद सिके गुप्ता, परिषदका उपाध्यक्ष कोशिश खड्का लगायतले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरे ।
प्रतियोगिता उदघाटन सत्रमा प्रदेशप्रमुख शेरचनले ब्यालुन सहितको ब्यानर उडाउनुका साथै खेलकुद मशाल खेलाडीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा निर्णायकहरुको तर्फबाट पद्मा चौधरी र खेलाडीहरुको तर्फबाट तुलसीराम थारुले सपथ ग्रहण गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आज भएको खेलमा तेक्वाण्दो तर्फ रुपन्देही २, दाङ २ तथा बाँके र नवलपरासीले १–१ स्वर्ण जितेका छन् । त्यसैगरि एथ्लेटिक्समा बाँके ४, दाङ ३, कपिलवस्तु ३ र बर्दियाले २ स्वर्ण जितेका छन् ।
भोली सम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशभरिका १ हजार ८० खेलाडी र १५० अफिसियलहरु सहभागी रहेका छन् ।

≪ Previous Post

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

Next Post ≫

यातायात ब्यवसाय सबै क्षेत्रबाट अपमानित र असुरक्षित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क