Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ यातायात ब्यवसाय सबै क्षेत्रबाट अपमानित र असुरक्षित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

यातायात ब्यवसाय सबै क्षेत्रबाट अपमानित र असुरक्षित

संसारपोस्ट संवाददाता · १३ बैशाख २०८० · 0
यातायात ब्यवसाय सबै क्षेत्रबाट अपमानित र असुरक्षित
70
SHARES
ShareTweet

बुटवल । ठूलो रोजगारदाताको रुपमा स्थापित र देशकै ठूलो धनराशी निजी क्षेत्रबाट लगानी भएको सार्वजनिक यातायात क्षेत्रको संरक्षणका लागि सरकारीस्तरबाट कुनै प्रभावकारी नीति नियम बन्न नसकेको भन्दै यातायात ब्यवसायीले गुनासो गरेका छन् ।
बुटवल यातायात प्रा.लि. बुटवलको दास्रो वार्षिक साधारण सभामा वोल्ने यातायात ब्यवसायीले सरकारलाई राजश्वको ठूलो हिस्सा बुझाउने र धेरैलाई रोजगारी दिंदै आएको यो व्यवसाय सम्पूर्ण क्षेत्रबाट अपमानित र असुरक्षित रहेको गुनासो गरे ।
साधारण सभामा संस्थाका संस्थापक तथा वरिष्ठ सल्लाहाकार सीता लक्ष्मी घिमिरेले सरकारले यातायात समितिहरु खारेज गरी यातायात ब्यवसायलाई कम्पनी मोडलमा लगे पनि आवश्यक नियम–नियमावली र कार्यविधि नबनाउँदा काम गर्न समस्या भएको बताइन् । उनले यातायात क्षेत्रको समस्या समाधान हुने गरी राज्यले तत्काल आवश्यक नियमावली र कार्यविधि वनाउनुपर्नेमा जोड दिइन ।
संस्थाका निवर्तमान अध्यक्ष डिलवहादुर थापाले सीमित साधनस्रोत र उत्साही व्यवसायीहरुको सक्रियतामा सर्वसाधारणलाई स्तरीय यातायात सेवा प्रदान गर्ने उद्देश्य लिएर स्थापना भएको बुटवल यातायात प्रा.लि.ले समय सापेक्ष सेवामा स्तरबृद्धि गरी स्तरीय आकर्षक गाडीहरुको व्यवस्था गरी भरपर्दो सेवा दिंदै आएको बताए ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रा.लि.का अध्यक्ष रविन्द्रमान श्रेष्ठले २१४ जना शेयर सदस्य ब्यवसायीहरु आवद्ध रहेको संस्थामा सान ठूला गरी २२४ वटा सवारी साधनहरु दर्ता भई विभिन्न रुटमा संचालनमा रहेका जानकारी गराए । उनले बुटवल यातायात बहुउद्धेश्यीय सहकारी संस्था दर्ता गरी सञ्चालन र ब्यवस्थापनका लागि आवश्यक अध्ययन गरी दर्ता प्रक्रिया अगाडी वढाइएको वताए ।
कार्यक्रममा संस्थाका प्रवन्धक दिपकप्रसाद श्रेष्ठ, संचालक अशोक कुमार श्रेष्ठ, रामबहादुर शाही, पत्रकार खिमानन्द भट्टराई, अधिवक्ता गोविन्द मरासिनी, शिखर इन्स्योरेन्सका लुम्विनी प्रदेश प्रमुख किरण काफ्लेलगायतले वोल्दै बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्न र धनजनको क्षती हुन नदिन चालक सहचालकलाई प्रशिक्षण दिनुपर्ने धारणा राखे ।
साधारण सभाको वन्द सत्रमा संस्थाका कोषाध्यक्ष ज्ञानबहादुर सार्कीले आर्थिक वर्ष २०७९÷८० का लागि प्रा.लि. तर्फ १ करोड १३ लाख ३८ हजार ३०० र दुर्घटना तथा मालिक हित कोषका लागि १ करोड ५९ लाख ५८ हजार ५०० को अनुमानित आय ब्यय प्रस्तुत गरेकोमा साधारण सभाले पारित गरेको छ ।
संस्थाले संस्थाको कार्यालय रहेको भवनको तेस्रो तलामा निर्माण गरेको ३ सय जना अट्ने सभाहलको पनि साधारण सभाकै अवसरमा उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।

संस्थापक, उत्कृष्ट मालिक, चालक र कर्मचारीलाई सम्मान

संस्थाले संस्थाको साधारण सभामा संस्था स्थापना र संस्थालाई अगाडी वढाउन पुर्याएको योगदानको कदर गर्दै संस्थापक अध्यक्ष सीता लक्ष्मी घिमिरे र निवर्तमान अध्यक्ष डिलवहादुर थापालाई दोसल्ला ओढायर सम्मान पत्र द्वारा सम्मान गरेको छ ।
यस्तै उत्कृष्ट गाडी मालिकका रुपमा द्ध नं. तौलिहवा रुटका जङ्गबहादुर सार्की, बुटवल वनगाई रुटका डिलबहादुर राना, बुटवल हरैया रुटका गिरबहादुर थापा र वुटवल चन्द्रौटा रुटका महादेव अधिकारीलाई सम्मान गरेको छ ।
यस्तै उत्कृष्ट चालक गणेश वि.क., स्वरोजगार मजदुर यादववहादुर रावल, राजेन्द्र गुरुङ, सुनिल थारु तथा उत्कृष्ट कर्मचारी अनिल थापा, असिम गुरुङ, सैरभ श्रेष्ठ र प्रेम थापालाई सम्मान गरिएको छ भने संस्थाले उत्कृष्ट स्वरोजगार मजदुर स्वर्गीय सूर्यप्रसाद गुप्ताको परिवारलाई नगद ११ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु

Next Post ≫

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज पद तथा गोपनीयताको सपथ लिदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क