Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दीपमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा सफलताको शुभकामना
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दीपमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा सफलताको शुभकामना

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0
दीपमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा सफलताको शुभकामना
90
SHARES
ShareTweet

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले मङ्गलबार कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको कक्षा ११ का विद्यार्थीहरूले ड्रिमल्यान्ड रिसोर्ट मणिग्राममा आयोजना गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना दिँदै सम्मान तथा विदाई गरिएको थियो ।
कार्यक्रममा दीप बोर्डिङ हाई स्कुलमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म निरन्तर अध्ययन गरेका विद्यार्थीहरू र ५ वर्षभन्दा बढी समय कक्षा ११ र १२ तर्फ कार्यरत शिक्षक र कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरूले विविध सांस्कृतिक झलक प्रस्तुत गरेका थिए । त्यसैगरी अनुजा मिडियाले विद्यालयका प्राचार्य टीकाराम न्यौपानेलाई बेस्ट प्रिन्सिपल अवार्डद्वारा सम्मान गरेको सन्दर्भमा कक्षा ११ र १२ मा कार्यरत शिक्षक र कर्मचारीहरूका तर्फबाट टीकाराम न्यौपानेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट जिपिए प्राप्त होओस् भन्ने शुभकामना व्यक्त गर्दै कक्षा १२ उत्तीर्णपछि मात्रै उच्च शिक्षाको शुभारम्भ हुने भएकाले मिहिनेतका साथ अध्ययन गरी परिवार तथा विद्यालयको अपेक्षा पूरा गर्न र आफ्नो भविष्य समुज्जल बनाउन विद्यार्थीहरूलाई शुभकामना दिए ।
अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाले सफल जीवनका लागि समयमै मिहिनेत गर्नुपर्ने बताउँदै परीक्षा सफलताका लागि शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले सुन्दर भविष्यका लागि समयमै मिहिनेत गर्न विद्यार्थीहरूलाई सुझाव दिँदै परीक्षा सफलताको शुभकामना दिए । विद्यालय ब्यवस्थापन समितिका वसन्तकुमार जोशी र विज्ञान सङ्कायका संयोजक कमल नेपालले परीक्षा सफलताको शुभकामना दिए भने कक्षा ११ का विद्यार्थी समीक्षा आचार्यले स्वागत र कक्षा १२ की विद्यार्थी शर्मिला पन्थीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
कक्षा ११का विद्यार्थी सन्तोष राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी, व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, विद्यालय ब्यवस्थापन समिति सदस्य विष्णुमाया श्रेष्ठ र रेखाश्रेष्ठ लगायले विद्यार्थीहरुलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रम शिक्षक पुरुषोत्तम पाण्डेय र राजश्री गौतमको सञ्चालनमा भएको थियो भने सांस्कृतिक कार्यक्रमको सञ्चालन विपिन थापा र विदुषी पौडेलले गरेका थिए ।

≪ Previous Post

चितवन-२ बाट भारी मतान्तरसहित रबि  लामिछाने निर्वाचित

Next Post ≫

मदरसाहरुमा पनि शिक्षक दरबन्दीको व्यवस्था गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क