चितवन-२ बाट भारी मतान्तरसहित रबि लामिछाने निर्वाचित
संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0
काठमाडौं । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। आइतबार भयको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा रबि ४२ हजार ९६२ मतान्तरसहित बिजयी भएका हुन ।
अन्तिम मत परिणाममा लामिछानेले ५४ हजार १७६ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत पाएका छन्।