Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्ससंग सनराइजर्स हैदरावाद ७ रनले पराजित
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्ससंग सनराइजर्स हैदरावाद ७ रनले पराजित

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0
आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्ससंग सनराइजर्स हैदरावाद ७ रनले पराजित
100
SHARES
ShareTweet

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ७ रनले पराजित गरेको छ ।
अन्तिम दुई स्थानमा रहेका टिमबीचको भिडन्तमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ७ रनले पराजित गरेको हो ।
लो स्कोरिङ गेममा दिल्लीले १४४ रन डिफेण्ड गर्दै रोमाञ्चक जित हात निकालेको हो । दिल्लीको यो लगातार दोस्रो जित हो र हैदरावादलाई रनरेटले पछि पार्दै दिल्ली अन्तिम स्थान छाडेर नवौं स्थानमा उक्लेको छ । हैदरवादाको भने यो लगातार तेस्रो हार हो ।
७ खेलबाट दिल्ली र हैदरावादको समान ४ अंक छ । ४ अंक नै रहेको कोलकता नाइट राइडर्स भने आठौं स्थानमा रहेको छ ।
हैदरावादको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । त्यसमा मनिष पाण्डे र अक्षर पटेलले सर्बाधिक ३४÷३४ रन बनाए । मिचेल मार्श २५ र कप्तान डेविड वार्नरले २१ रन जोडे । हैदरवादका वासिङ्गटन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।
१४५ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि ओपनर मायंक अग्रवालले ३९ बलमा सर्वाधिक ४९ रन बनाए । उनले ७ चौका प्रहार गरे । हेनरिच क्लासनेले १९ बलमा ३१ रन बनाउँदा वासिङ्गटन सुन्दरले १५ बलमा अविजित २४ रन जोडे ।
दिल्लीका एनरिक नोर्किअ र अक्षर पटेलले दुई÷दुई तथा इशान्त शर्मा र कुदिलप यादवले समान एक÷एक विकेट लिए ।

≪ Previous Post

स्वर्णिम वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित निर्वाचित

Next Post ≫

चितवन-२ बाट भारी मतान्तरसहित रबि  लामिछाने निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क