Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ स्वर्णिम वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित निर्वाचित
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वर्णिम वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित निर्वाचित

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0
स्वर्णिम वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित निर्वाचित
70
SHARES
ShareTweet

बुटवल । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी भन्दा १४ हजार ६९ मतान्तरसहित निर्वाचित भएका हुन् ।
वाग्ले ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरे । यो क्षेत्रमा ६५ हजार २९८ मत खसेको थियो ।
०७९ मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचन जितेका वाग्ले अर्थविद् हुन् । उनी राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष हुन् । उनी २०७४ साउन १९ गते आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारका पालामा आयोगको सदस्य बनेका थिए ।
गएको चैत १६ गते नेपाली कांग्रेस परित्याग गरेका वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी उमेदवार बनेका हुन् । त्यसअघि, उनी नेपाली कांग्रेसको महासमिति सदस्य समेत बनेका थिए ।

 

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट

Next Post ≫

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्ससंग सनराइजर्स हैदरावाद ७ रनले पराजित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क