Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0
बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट
80
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको संगमपथमा रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ । संघको सोमबार बुटवलमा बसेको कार्यसमिति बैठकले करार अनुसार बृद्धि गर्नुपर्ने भाडा नबढाउने र चलनचल्तीको भाडामा १५ प्रतिशत छुट गर्ने निर्णय गरेको हो ।
गएको चैत १ गतेदेखि लागु हुनेगरी १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो । कोरोना महामारी लगायतका कारण व्यवसायी समस्यामा परेपछि संघले विगत तीन वर्षदेखि करार अनुसार बृद्धि गर्नुपर्ने भाडा दर समेत बृद्धि नगरी यथावत रुपमा लिँदै आएको थियो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले बैंकको व्याजदरमा भएको बृद्धि तथा अर्थतन्त्रमा आएको गिरावटको कारण व्यवसायीहरुलाई समस्या भएको र व्यापार व्यवसायलाई बचाउनको लागि लिँदै आएको घरभाडामा केही छट गरेर राहत दिनको लागि पनि घरधनीहरुलाई आग्रह गरिएको छ ।
बैठकले संघको सचिवालय भवन तथा सभाहल मर्मत सम्भारको लागि सचिव मुक्ति अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा कार्यसमिति सदस्यहरु नरेशकुमार श्रेष्ठ, दीपक चापागाई, काशीराम पौडेल र जमुना पौडेल रहनु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको संघको सचिवालय भवन तथा सभाहल प्रदेश स्थापनासंगै प्रदेश सभाको सचिवालय तथा प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको थियो । प्रदेश सभा स्थायी राजधानी दाङमा स्थानान्तरण भएसंगै गत चैतको २६ गते प्रदेश सभा सचिवालयले संघको भवन तथा सभाहल फिर्ता (हस्तान्तरण) गरेको थियो ।
बैठकमा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कसजूले उद्योगी व्यवसायीका समस्या समाधानको लागि महासंघबाट पहलको थालनी भएको बताउँदै खस्किँदो अर्थतन्त्र विस्तारै सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको जल्दोबल्दो समस्याको रुपमा रहेको खुल्ला सिमाना, बैंकको चर्को व्याजदर घटाउन, अर्थतन्त्र सुधार, जसका कारण उत्पन्न भएको घरबहाल व्यवस्थापन तथा अख्तियारले नीजि क्षेत्रमा समेत हेर्न पाउनेगरी भएको व्यवस्था सुधारको लागि संघ र महासंघबाट समेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैठकमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पुर्व अध्यक्षहरु अर्जुनमान सैंजू, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठले बैंक तथा वित्तिय संस्थामा भएको व्याजदर बृद्धि, खस्किँदो अर्थतन्त्र, खुला सिमानाका लगायतका कारण यस क्षेत्रका कतिपय व्यवसायहरु बन्द भईसकेको र रहेका पनि पलायन हुने स्थितीमा रहेकाले ती उद्योगी व्यवसायीलाई कसरी टिकाई रहन सकिन्छ त्यसतर्फ गम्भिर हुनुपर्ने भनाई राख्नुभएको थियो ।

≪ Previous Post

सुशासनको प्रत्याभुति हुनसके मात्र लोकतन्त्र सार्थक

Next Post ≫

स्वर्णिम वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क