Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने

संसारपोस्ट संवाददाता · ५ बैशाख २०८० · 0
स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने
100
SHARES
ShareTweet

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।

लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए । सप्ताहमा खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप दिइने उनले वताए । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको संख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि सबै बालबालिकालाई खोप दिइने निर्देशक लालले बताए ।

वैशाख पहिलो हप्तादेखि विभिन्न माध्यमबाट १५ महिनासम्म लगाउनुपर्ने पूर्ण खोपको जानकारी दिनुका साथै खोप लगाउन छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते दुई दिन नियमित अभियान सञ्चालन गरी खोप लगाइने छ ।

यस्तै वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाउने क्रममा पनि खोप लगाउन छुटेका बालबालिकाको सूची तयार पारिने परिवार कल्याण महाशाखाले जनाएको छ । खोप लगाउन छुटेका इँटाभट्टा, कलकारखानालगायत स्थान तथा समुदायमा विशेष कार्यक्रम सञ्चालन गर्ने, यही वैशाख मसान्तभित्र सबै वडा, स्वास्थ्य संस्था राष्ट्रिय पूर्णखोप निर्देशिकाअनुसार घरधुरी सर्वेक्षण, पालिका वडा खोप समन्वय समितिको बैठकलगायत क्रियाकलाप गरी सबै वडा तथा स्थानीय तह पूर्णखोप सुनिश्चित भएको प्रमाणीकरण गर्ने जनाइएको छ ।

आगामी शैक्षिकसत्रका लागि विद्यालयमा नयाँ भर्ना हुने पाँच वर्षमुनिका सबै बालबालिकाका लागि खोप कार्ड अनुगमन गर्नसमेत सबै विद्यालयमा जानकारी एवं समन्वय गरिने निर्देशक लालले बताए । स्थानीय तहस्तरमा बालबालिकाले पाउने विभिन्न सेवा, सुविधा वितरणमा खोपकार्य अनिवार्य गरिने छ । महाशाखा निर्देशक डा लालले भने–‘सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयमार्फत खोप सप्ताह सफल बनाउन लागि अनुरोध गरिएको छ ।’

≪ Previous Post

नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले दुई नगरपालिकालाई सम्मान गर्ने

Next Post ≫

करिव दुई करोडको लागतमा कपिलवस्तुमा पानी परिक्षण प्रयोगशाला भवन निर्माण, मुख्यमन्त्री गिरीले गरे उद्घाटन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क