Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ करिव दुई करोडको लागतमा कपिलवस्तुमा पानी परिक्षण प्रयोगशाला भवन निर्माण, मुख्यमन्त्री गिरीले गरे उद्घाटन
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

करिव दुई करोडको लागतमा कपिलवस्तुमा पानी परिक्षण प्रयोगशाला भवन निर्माण, मुख्यमन्त्री गिरीले गरे उद्घाटन

संसारपोस्ट संवाददाता · ५ बैशाख २०८० · 0
करिव दुई करोडको लागतमा कपिलवस्तुमा पानी परिक्षण प्रयोगशाला भवन निर्माण, मुख्यमन्त्री गिरीले गरे उद्घाटन
140
SHARES
ShareTweet

कपिलवस्तु । कपिलवस्तुमा पानी परिक्षण प्रयोगशाला भवनको उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको पानी परिक्षण प्रयोगशाला भवनको एक कार्यक्रमका विच लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले उद्घाटन गरेका हुन् ।

जिल्लाको बाणगंगास्थित उत्तमनगरमा सुविधा सम्पन्न पानी परिक्षण प्रयोगशाला भवनको निर्माण गरिएको छ ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गिरीले प्रयोगशालाका लागि प्रदेशबाटै कर्मचारीको दरबन्दी आइसकेको र अब छिट्टै नै पानी परिक्षण कार्य सुरु हुने जानकारी गराए । विगतका दिनमा पानीबाट लाग्ने रोगबाट जनता ग्रसित रहेको बताउँदै उनले प्रयोगशाला संचालनमा आएपछि यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

प्रदेश सरकारको लगानीमा व्यवस्थित रुपमा निमार्ण सम्पन्न भएको यो पहिलो प्रयोगशाला रहेको बताउँदै उनले प्रयोगशालाले दुषित पानीको प्रयोगबाट उत्पन्न हुने र लाग्ने रोगबाट बच्न साथै स्वस्थ जीवनयापनमा ठूलो मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल सरकारले तय गरेको मापदण्ड र ऐन बमोजिम खानेपानीलाई प्रमाणित गरेर मात्र खानेपानी उपलब्ध गराउन प्रदेश भरिकै खानेपानी आयोजनालाई सर्कुलर गर्ने उनले वताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा शहरी विकास, भौतिक पूर्वाधार विकास मन्त्री चेत नारायण आचार्य, प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थी, प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य, कपिलवस्तु प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल लगायतले पानी परिक्षण प्रयोगशाला भवनको निर्माणले जिल्लावासीले शुद्ध खानेपानी उपभोग गर्न पाउने बताए ।
भू.पू. सैनिक खानेपानीका अध्यक्ष राजेन्द्र विक्रम शाहले प्रदेश स्तरका संरचना निर्माण हुनु कपिलवस्तुबासीहरुकै लागि गौरवको विषय भएको बताए ।
कार्यक्रममा खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव जकि अहमद अन्सारीले १ करोड ९४ लाख ९३ हजार ५ सय ९० रुपैयाँ लागतमा पानी परिक्षण प्रयोगशाला भवन निर्माण सम्पन्न भएको जानकारी गराए ।

≪ Previous Post

स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने

Next Post ≫

सेमेस्टर प्रणाली नेपाली विद्यार्थीहरुको लागि प्रभावकारी छैन : शिक्षाविद् कोइराला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क