Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सेमेस्टर प्रणाली नेपाली विद्यार्थीहरुको लागि प्रभावकारी छैन : शिक्षाविद् कोइराला
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सेमेस्टर प्रणाली नेपाली विद्यार्थीहरुको लागि प्रभावकारी छैन : शिक्षाविद् कोइराला

संसारपोस्ट संवाददाता · ५ बैशाख २०८० · 0
सेमेस्टर प्रणाली नेपाली विद्यार्थीहरुको लागि प्रभावकारी छैन : शिक्षाविद् कोइराला
100
SHARES
ShareTweet

बुटवल । शिक्षाविद् एवं प्रा.डा.विद्यानाथ कोइरालाले अहिलेको सेमेस्टर प्रणाली नेपाली विद्यार्थीहरुको लागि प्रभावकारी नभएको वताएका छन् ।
देशका ठूला राजनीतिक दलले शिक्षा मन्त्रालयमा राजनीतिक स्वार्थ मात्रै पूरा गर्ने गरेकाले उच्च शिक्षामा राज्यको उदासिनता, बेखबर, ध्यानपुग्न नसकेको र शिक्षामा बजेट पर्याप्त नभएका कारण सामुदायिक विद्यालयको पहुँच घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे । हालसम्म सरकारले तलदेखि उच्च शिक्षासम्म हेर्दै आएकाले सबै क्षेत्रमा दृष्टि पुग्न नसक्दा नेपालको शिक्षा क्षेत्र फस्टाउन नसकेको जिकिर गर्दै उनले उच्च शिक्षालाई हेर्ने एउटा छुट्टै मेकानिजम स्थापना भएमा शिक्षा क्षेत्र सुधार हुँदै जाने सुझाव दिए ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले मंगलवार “अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ“ भन्ने बिषयमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता तथा नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष डा.बुद्धबहादुर थापाले नेपालमा भोलीका दिनमा न पाठ्यक्रम, न पाठ्य पुस्तक, न शिक्षक कोही नहुने दिन आउने चिन्ता व्यक्त गरे । उनले भने –‘हिजो शिक्षक केन्द्रीत शिक्षा थियो । आज त्यो छैन । शिक्षकहरु भुत्ते हुँदै गए । पछिल्लो समय शिक्षकहरुसँग प्रविधिमैंत्री ज्ञान नभएको र अहिलेको माग भने प्रविधियुक्त रहेको छ ।’
बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले शिक्षा ऐन २०२८ लाई परिमार्जन गर्दै हालसम्म चल्दै आएको भन्दै नयाँ नीति नबनेसम्म शिक्षा क्षेत्रको विकास सोचे अनुसार नहुने वताए । खनालले भने– ‘बुटवलले शिक्षा क्षेत्रमा विगतको भन्दा १० करोड बजेट छुट्याइएको जानकारी गराउँदै १० जना कर्मचारी रहेकाले बुटवलमा शिक्षा क्षेत्रमा काम गर्न कुनै अभाव छैन् । हामीले बुटवलमा समावेशीकरण ल्याएका छौं । तर हुम्ला लगायत देशका पहाडी एवं हिमाली जिल्लामा शिक्षामा काम गर्ने कर्मचारी समेत नभएकाले राज्यले त्यसतर्फ ध्यान दिन जरुरी छ ।’

शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षामा पहिले अंग्रेजी र गणितलाई महत्वमा राखिन्थ्यो, यी विषयलाई कसरी पास गर्ने भन्ने थियो । तर अहिले गुणस्तर शिक्षा खोजिदै गईएको छ । पालिकाले विद्यालयलाई खुम्चाउन खोजेकाले विद्यार्थीलाई पुनः पहिले जस्तै घण्टौं पैदल हिँडेर स्कुल जाने दिन आउन सक्ने वताउँदै ग्रामीण स्तरबाट विद्यालयहरु खोसिदै जाने खतरा बढेको स्पष्ट पारे ।
निजि विद्यालयको छाता संगठन प्याब्सनका केन्द्रीय सदस्य तथा दीप वोर्डिङ स्कुल बुटवलका प्रिन्सिपल टिकाराम न्यौपानेले हालको शिक्षा नीतिले सरकारी तथा संस्थागत विद्यालय कुनैलाई पनि फाईदा पुग्ने खालको पोलिसी ल्याउन नसकेको आरोप लगाए । नर्सरी लगायत साना कक्षामा भर्ना हुन आएका विद्यार्थीलाई आफुहरुले विना जाँच भर्ना लिईदै आएको र आएकाहरुलाई फिर्ता नगर्ने गरेको वताउँदै विद्यार्थीहरुलाई स्तर हेरेर विभेद नगरेको उल्लेख गरे ।
कालिका मानवज्ञान विद्यालय बुटवलका प्रधानाध्यापक दिनेश थापाले भर्ना अभियानका क्रममा कमजोर वर्गका विद्यार्थीहरुलाई समावेश नगरेको भन्ने कुरा गलत भएको वताए । उनले भौतिक पूर्वाधारले थेक्नसक्ने क्षमतासम्म स्कुलसँग नजिक पहुँच भएका विद्यार्थीलाई समावेश गरेको र बाहिर आएको कुरा जस्तो पक्षपात नगरेको बताउँदै विपन्न वर्गका विद्यार्थीहरुलाई पनि भर्ना गरेका छौं, भने । उनले शिक्षालाई सुधार गर्नका निम्ति भौतिक संरचना साथै शिक्षकहरुको गुणस्तरलाई जोड दिनुपर्ने वताए । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

≪ Previous Post

करिव दुई करोडको लागतमा कपिलवस्तुमा पानी परिक्षण प्रयोगशाला भवन निर्माण, मुख्यमन्त्री गिरीले गरे उद्घाटन

Next Post ≫

आज सुर्य ग्रहण, नेपालबाट देख्न नसकिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क