काठमाडौं । वर्षको पहिलो सूर्यग्रहण आज (बुधबार) लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ । यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ ।
नेपालमा सूर्यग्रहण
यो सूर्यग्रहण नेपालमा देखिने छैन, त्यसैले सुतक अवधि मान्य छैन । यसबाहेक वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अष्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ ।
सूर्य ग्रहण र सावधानी
– सूर्यग्रहण हेर्न चाहनुहुन्छ भने नाङ्गो आँखा प्रयोग नगर्नुहोस् । टेलिस्कोप मार्फत हेर्न सकिन्छ । अथवा सनग्लासको सहायताले सूर्यग्रहण हेर्न सक्नुहुन्छ । यदि तपाईंले नाङ्गो आँखाले ग्रहण हेर्नुभयो भने सूर्यको हानिकारक किरणले आँखालाई हानि पु¥याउन सक्छ ।
– ग्रहणको समयमा भगवानको नाम लिनु पर्छ । कीर्तन भजन गर्नुपर्छ । ग्रहणको मध्यावधिमा यज्ञ र भगवानको आराधना गर्नु उत्तम मानिन्छ ।
– ग्रहण सकिएपछि स्नान गरेर दान पनि गर्नुपर्छ । यो पनि धेरै राम्रो मानिन्छ । ग्रहणको प्रभावबाट बच्न आदित्य हृदय स्तोत्रको नियमित पाठले जीवनमा सकारात्मकता कायम राख्छ ।