Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले दुई नगरपालिकालाई सम्मान गर्ने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले दुई नगरपालिकालाई सम्मान गर्ने

संसारपोस्ट संवाददाता · ५ बैशाख २०८० · 0
नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले दुई नगरपालिकालाई सम्मान गर्ने
100
SHARES
ShareTweet

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला कार्यसमिति रुपन्देहीले तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका लाई सम्मान गर्ने भएको छ ।
क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि चेतना मूलक कार्यक्रम गर्दै आइरहेको समितिले सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगले निम्त्याउने क्यान्सर रोगको रोकथाम र नियन्त्रणमा महत्त्वपूर्ण योगदान गर्दै ती पालिकाहरुमा सुर्तीजन्य पदार्थ निषेधका लागि चालेको प्रभावकारी कदमको स्वागत गरेको छ ।
विश्व सुर्तीजन्य पदार्थ बिरुद्धको दिवस मे ३१ (जेष्ठ १७)का दिन ती पालिकाहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको संस्थाका सचिव प्रजापाल गिरीले जानकारी गराए ।

प्राणघातक प्रकृतिको क्यान्सर रोग सम्पुर्ण विश्व, हाम्रो देश र समाजकोलागि ठूलो चुनौति भएको बेला स्थानीय तहबाट भएको यसप्रकारको निर्णय र घोषणा ले सुर्तीजन्य पदार्थबाट निम्तिने क्यान्सर रोग रोकथाम र नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने भन्दै सम्मान गर्न लागिएको संस्थाका सल्लाहकार मधुसुदन गैह्रेले बताए ।

स्थानीय पालिकाहरुले दृढ इच्छाशक्ति राखेर आफ्ना कार्यक्रमहरु अगाडि बढाउने हो भने यसमा नागरिक समाजको व्यापक समर्थन रहने भएकाले सुर्तीजन्य पदार्थ मुक्त जिल्ला निर्माण गर्न सकिने कुरा संस्थाका सदस्य चोला पाठकले बताए ।

संस्थाका सभापति खिमबहादुर हमालको अध्यक्षतामा बसेको बैठकले बैशाख २५ गते नेपाल अर्बुदरोग निवारण संस्था रुपन्देहीका आजीवन सदस्यहरु बिच शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम समेत तय गरेको छ । बैठकमा उपसभापति बीना न्यौपाने, कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्य, सहकोषाध्यक्ष पुनम पौडेल, सदस्य उमादेवी थापा, रमेशकुमार पराजुली,इन्दिरा पाण्डेले आआफ्नो धारणा राखेका थिए ।
संस्थाले यसअघि जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासनकार्यालय बुटवल, बुटवल उपमहानगर पालिका, तिलोत्तमा नगरपालिका लगायत रुपन्देही जिल्लाका विभिन्न पालिकामा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐन २०६८ को प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउदै आएको थियो ।

≪ Previous Post

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

Next Post ≫

स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क