बुटवल । नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । काठमाडौँमा भएको नवौं महाधिवेशनमा आफ्ना प्रतिष्प्रधिलाइ ७ मतको अन्तरले पराजित गर्दै गिरि अध्यक्षमा निर्वाचित भएका हुन् ।
गिरीले ३०५ मत पाएर बिजयी हुँदा अध्यक्षका प्रत्यासी गाेकर्ण बहादुर बानियाले २९८ मत प्राप्त गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही र उपाध्यक्ष महिलामा धनकला भण्डारी निर्वाचित भएका छन्।
प्रदेश उपाध्यक्ष तर्फ कोशी प्रदेशमा वीरेन्द्रकुमार खड्का, मधेश प्रदेशमा छोटेलालप्रसाद तेली शाह, बागमतीमा सुन्दर पन्त, गण्डकीमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनीमा प्रेमनारायण भण्डारी, कर्णालीमा भगवती श्रेष्ठ र सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का निर्वाचित भएका छन्।
महासचिवमा ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल निर्वाचित भएका छन्।
अध्यक्षमा निर्वाचित गिरी नेपाली कांग्रेस संस्थापन इतर निकट हुन भने पराजित भएका बानियाँ संस्थापननिकट हुन्। शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। संघको अधिवेशनमा ६०७ मत खसेको थियो।