Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोभिड–१९ पछि १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोभिड–१९ पछि १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0
कोभिड–१९ पछि १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा
80
SHARES
ShareTweet

भैरहवा–पोखराबाट चीन उडानको पहल गर्न पर्यटनमन्त्री किरातीको चिनीयाँ राजदूतलाई आग्रह

काठमाडौं । कोरोना (कोभिड–१९) को महामारीपछि चिनबाट पहिलो पटक चार्टर उडानबाट १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । हिमालयन एअरलाइन्सको चार्टर उडानबाट आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनीया राजदूत छेनसोङ (ःच। ऋजभल क्यलन) र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले स्वागत गरे । चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा माला सहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो ।

पर्यटकलाई स्वागत गर्दै पर्यटनमन्त्री किरातीले चिन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनीयाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा आएको पर्यटकको समूहलाई स्वागत गर्दै मन्त्री किरातीले उनीहरुको नेपाल बसाई सुखद रहोस भन्ने शुभकामना व्यक्त गरे ।

यस्तै मन्त्री र राजदूच सोङबीच विमानस्थलमै भएको भेटवार्ताका क्रममा मन्त्री किरातीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडनको लागि आवश्यक सहयोग र पहल गर्न राजदूत लाई आग्रह गरे ।

राजदूतसोङले नेपाल चिनीयाँ पर्यटकहरुको रोजाईको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चिन सधैं सकारात्मक भएको बताए । कोभिडपछि चिनीयाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनीयाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने उनको भनाई छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडपछि सन २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने विश्वास ब्यक्त गरे । नेपाल चीन सीमानाका रसुवा र तातोपानी नाका आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन चिनीयाँ राजदूत समक्ष उनले आग्रह गरे ।

बिहीबार हिमालय एअरलाइन्स्को एच नाइन ७८५ एयरबस ए ३२०–२१४ ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडानबाट १८० जना चिनियाँ पर्यटकहरू अवतरण गरेको र आगामी चार्टर्ड उडानहरू मार्फत् थप ७०० यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

कोभिड–१९ महामारीसँग सम्बन्धित तीन वर्षको प्रतिबन्धपछि नेपालमा एकै पटक चिनियाँ पर्यटकको यो पहिलो आगमन भएको नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी.पी. भुसालले जानकारी दिए । भुसालका अनुसार सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना, २०२० मा १९ हजार २५७, २०२१ मा ६ हजार १९६, २०२२ मा ५ हजार ५९५ र २०२३ को मार्च सम्म ६ हजार ३३७ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

≪ Previous Post

लुम्बिनी प्रदेशमा ११६४ वटा सवारी दुर्घटनामा ५५१ जनाको मृत्यु, १७२० जना घाइते

Next Post ≫

नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित 

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क