Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रोटरी क्लवको वैठकमा सदस्य परिचालन गर्न सुझाव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी क्लवको वैठकमा सदस्य परिचालन गर्न सुझाव

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७६ · 0
रोटरी क्लवको वैठकमा सदस्य परिचालन गर्न सुझाव
70
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १८ साउन । रोटरी क्लब अफ बुटवलको १२७१ औं नियमित बैठक क्लब सचिवालयमा शनिवार बस्यो । बैठकमा पिडिजि संजय गिरीले रोटरीमा सदस्यको भूमिकाको विषयमा चर्चा गर्दै रोटरियनहरुको संख्या वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहांले अगष्त महिना मेम्वरसिप डेभलपमेण्ट महिनाको रुपमा क्लबले लिएको बताउदै क्वालिटी र क्वान्टिटी पनि वढाउनु पर्ने बताउनु भयो । धेरै सदस्यहरु संगठित भएर थोरै थोरै काम गरेपनि समुदायको हित हुने भएकाले रोटरियनहरुको संख्या वढाउनु पर्ने उहांले बताउनु भयो ।
डिष्ट्रिक्ट ट्रेनिङ कमिटी चेयर पर्सन जितेन्द्र राजभण्डारीले क्लबहरुले प्रोजेक्ट वनाउदा ध्यानदिनुपर्ने कुराहरु उल्लेख गर्दै डिष्ट्रिक ग्राण्डको विषयमा प्रकाश पार्नु भएको थियो ।
शनिवारको वैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो । रोटरी क्लब अफ बुटवलका सदस्य संगिता गौतम अर्यालले आफ््नो व्यवसायिक जीवनको विषयमा चर्चा गर्दै निरन्तर प्रयासबाट मात्र विजनेशमा सफलता पाईने बताउनु भयो । तिलोत्तमा शँकरनगर स्थित भैरव ट्रेडका संचालक अर्यालले व्यवसायिक जीवनको आरोहअवरोहको वारेमा जानकारी गराउनु भएको थियो ।
क्लबका अध्यक्ष दिल्ली कुमार श्रेष्ठको अध्यक्षता सचिव रोम शर्माको संचालनमा भएको कार्यक्रममा संगिता गौतम अर्यालको जीवनी रोटरियन मधुप्रसाद अर्यालले प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा रोटरियन बोनिन पिया, मणिरत्न पाण्डे र यादव घिमिरेले जिज्ञासा राख्नु भएको थियो ।

≪ Previous Post

कस्मेटिक समितिले शुरु ग¥यो बुटवलका पसलमा पान नम्वर अभियान

Next Post ≫

रुपन्देहीको मोक्षधाम आश्रममा ‘मोक्षधाम महाकुम्भ’ गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क