संसार पोष्ट
बुटवल, १८ साउन । रोटरी क्लब अफ बुटवलको १२७१ औं नियमित बैठक क्लब सचिवालयमा शनिवार बस्यो । बैठकमा पिडिजि संजय गिरीले रोटरीमा सदस्यको भूमिकाको विषयमा चर्चा गर्दै रोटरियनहरुको संख्या वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहांले अगष्त महिना मेम्वरसिप डेभलपमेण्ट महिनाको रुपमा क्लबले लिएको बताउदै क्वालिटी र क्वान्टिटी पनि वढाउनु पर्ने बताउनु भयो । धेरै सदस्यहरु संगठित भएर थोरै थोरै काम गरेपनि समुदायको हित हुने भएकाले रोटरियनहरुको संख्या वढाउनु पर्ने उहांले बताउनु भयो ।
डिष्ट्रिक्ट ट्रेनिङ कमिटी चेयर पर्सन जितेन्द्र राजभण्डारीले क्लबहरुले प्रोजेक्ट वनाउदा ध्यानदिनुपर्ने कुराहरु उल्लेख गर्दै डिष्ट्रिक ग्राण्डको विषयमा प्रकाश पार्नु भएको थियो ।
शनिवारको वैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो । रोटरी क्लब अफ बुटवलका सदस्य संगिता गौतम अर्यालले आफ््नो व्यवसायिक जीवनको विषयमा चर्चा गर्दै निरन्तर प्रयासबाट मात्र विजनेशमा सफलता पाईने बताउनु भयो । तिलोत्तमा शँकरनगर स्थित भैरव ट्रेडका संचालक अर्यालले व्यवसायिक जीवनको आरोहअवरोहको वारेमा जानकारी गराउनु भएको थियो ।
क्लबका अध्यक्ष दिल्ली कुमार श्रेष्ठको अध्यक्षता सचिव रोम शर्माको संचालनमा भएको कार्यक्रममा संगिता गौतम अर्यालको जीवनी रोटरियन मधुप्रसाद अर्यालले प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा रोटरियन बोनिन पिया, मणिरत्न पाण्डे र यादव घिमिरेले जिज्ञासा राख्नु भएको थियो ।
