संसार पोष्ट
बुटवल, १८ साउन । सरकारले साउन १ गतेदेखि अनिवार्य लागू गरेको स्थायी लेखा नम्वर (पान) को व्यवसायिक संघ सस्थाहरुले बिरोध गरिरहेका बेला बुटवल उद्योग वाणिज्य संघ अन्तरगतको कस्मेटिक तथा गिफ््ट समितिले बुटवलका पसलमा पान नम्वर अभियान सुरु गरेको छ ।
समितिले बुटवलका व्यवसायीलाई पान प्रति सचेतना जगाउन प्रत्येक पसल र स्थानमा टास्नका लागि स्टिकर बनाएको छ । व्यवसायिक कारोवारका लागि अनिवार्य पान नम्वर लेखिएको स्टिकरको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले शनिबार बिमोचन गर्नुभएको छ ।
सो अवसरमा बोल्दै अध्यक्ष हमालले समितिले थालेको अभियान सकारात्मक रहेकोले यसले व्यवसायीलाई आचारसंहिता भित्र सहयोग पुर््याउने बताउनु भयो ।
समितिका सभापति अब्दुल सलामतले समितिले प्रकाशित गरेको स्टिकर बुटवलका प्रत्येक पसलमा राख्ने जानकारी दिनुभयो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, समितिका उपसभापति अलिमद्धिन मिया लगायतले बोल्नु भएको थियो ।
यसैबिच गुल्मीमा गएको पहिरो पीडितहरुलाई समितिले खाद्य सामाग्री सहयोग गरेको छ । समितिले बुटवल उद्योग वाणिज्य संघ मार्फत बाढी पीडितलाई सहयोग गरेको हो ।
समितिका सभापति सलामतले संघका अध्यक्ष हमाललाई खाद्य सामागी सहयोग गर्नु भएको हो ।
बुटवल उद्योग वाणिज्य संघले गुल्मीका बाढी पिडितलाई राहत उपलब्ध गराउन संघ अन्तर्गतका बस्तुगत समिति मार्फत राहत संकलन गरेको छ । संकलित राहत संघले गुल्मी लगेर पहिरो पिडितलाई बितरण गर्ने छ ।
