Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको मोक्षधाम आश्रममा ‘मोक्षधाम महाकुम्भ’ गरिने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको मोक्षधाम आश्रममा ‘मोक्षधाम महाकुम्भ’ गरिने

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७६ · 0
रुपन्देहीको मोक्षधाम आश्रममा ‘मोक्षधाम महाकुम्भ’ गरिने
60
SHARES
ShareTweet

पाठकको संयोजकत्वमा १ हजार १०१ सदस्यीय मुल आयोजक समिति गठन



संसार पोष्ट
बुटवल, १८ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनीमा रहेको मोक्षधाम सेवा आश्रममा आठ धाम सहितको मोक्षधाम निर्माणकालागि आगामी माघमा ‘श्रीमद्् भागवत धानधान्याञ्चल तुलादान बिराट महायज्ञ’ मोक्षधाम महाकुम्भ २०७६ गरिने भएको छ । मोक्षधाम महाकुम्भ गर्नकालागि शनिबार आयोजित भेलाले आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकको संयोजकत्वमा १ हजार १०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । त्यस्तै भेलाले २२ वटा विषयगत उपसमिति गठन गरेको आश्रमका सचिव कृष्ण पाण्डेले जानकारी गराउनु भयो ।
एक महिने मोक्षधाम महाकुम्भ माघमा गर्ने निर्णय भएपनि मिति भने निर्धारण गरिएको छैन । उपयुक्त समय हेरेर मात्रै मोक्षधाम महाकुम्भको मिति तय गरिने धाममा अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक रोमणीप्रसाद पाठकले बताउनु भयो । शनिबार सम्पन्न भेलामा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले मोक्षधाम नगरकै धार्मिक धरोहरको रुपमा बिकास हुँदै गरेको र यसको बिकासले नगरको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने भएकाले धामले लिएका बिकास योजनामा नगरपालिका संगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा आश्रमका संरक्षक ईश्वर कृष्ण शास्त्री, वैदिक धर्म परिषदका केन्द्रीय अध्यक्ष लोकनाथ खराल, हिन्दु धर्म संरक्षण समितिका केन्द्रीय अध्यक्ष आनन्दकुमार गुप्ता, स्थानीय आमा समुहकी अध्यक्ष दुर्गादेवी खड््का, आश्रमका उपाध्यक्ष टिकाराम पाण्डे लगायतले आश्रममा निर्माण गर्न लागिएको आठ धाम सहितको मोक्षधाम निर्माणले तिलोत्तमाको मात्रै नभएर समग्र रुपन्देही जिल्लाकै धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएकाले मोक्षधाम महाकुम्भ सफल बनाउनकालागि सबै एक भएर लाग्नु पर्ने भनाई राख्नुभएको थियो ।
मोक्षधाम सेवा आश्रमले आठ धाम सहितको मोक्षधाम निर्माणकालागि बनाएको गुरुयोजना अनुसार २०६८ साल यता हालसम्म राधाकृष्ण मन्दिर, विश्वनाथ मन्दिर, हवन कुण्ड, अमृत कुण्ड, मुक्तिनाथ मन्दिर, जेष्ठ नागरिक मिलन केन्द्र, बाल आश्रम, सन्त आश्रम, मोक्षधाम सभाहल लगायतका भौतिक पूर्वाधार निर्माण गरिसकिएको मोक्षधाम सेवा आश्रमका कोषाध्यक्ष तथा धानधान्याञ्चल उपसमितिका संयोजक नारायण वञ्जाडेले बताउनु भयो ।
नेपालका प्रशिद्ध पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र जनकपुर तथा भारतका बद्रिनाथ, रामेश्वर, द्वारिकाधिस, जगन्नाथपुरी धाम गरि आठ धामलाई एकैठाउँ बनाउनकालागि १०८ फिट अग्लो र ७२ फिट चौडाईको मोक्षधामको मुल मन्दिर निर्माणकालागि यो एक महिने ‘श्रीमद्् भागवत धानधान्याञ्चल तुलादान बिराट महायज्ञ’ मोक्षधाम महाकुम्भ २०७६ गर्न लागिएको उहाँले बताउनु भयो । उक्त मन्दिर निर्माणकालागि करिव ४० करोड रुपैंयाँ लाग्ने अनुमान गरिएको छ ।

≪ Previous Post

रोटरी क्लवको वैठकमा सदस्य परिचालन गर्न सुझाव

Next Post ≫

नेपाली सेनामा खुल्यो ठूलो संख्यामा जागिर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क