Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी क्लव अफ बुटवल चौतारी र चौराह अस्पताल बीच सम्झौता
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी क्लव अफ बुटवल चौतारी र चौराह अस्पताल बीच सम्झौता

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७९ · 0
रोटरी क्लव अफ बुटवल चौतारी र चौराह अस्पताल बीच सम्झौता
100
SHARES
ShareTweet

बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरु दुर्घटनामा परि घाईते भएमा बुटवलमा रहेको चौराह अस्पतालबाट विशेष छुटमा उपचार सेवा पाउने भएका छन् । सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएका विरामीहरुको प्रभावकारी औषधि उपचार गर्ने हेतुले बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको चौराह हस्पिटल प्रा.लि. र रोटरी क्लव अफ बुटवल चौतारी बीच सहमति भएसंगै विरामीले उपचार सेवामा विशेष छुट पाउने भएका हुन ।
‘यो सम्झौताले हाम्रा सदस्यहरुले राम्रो र शुलभ मुल्यमा उपचार पाउनेछन् । देख्दा सामान्य लागेपनि यसबाट धेरैले लाभ लिने निश्चित छ’ रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष सन्तोष केसीले भने ।
कुनै सदस्यहरुको सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएमा उपचारका लागि क्लवले सिफारिस गरेको अवस्थामा अस्पतालले सम्पूर्ण खर्चको जिम्मेवारी लिने गरी अस्पताल संग सम्झौता भएको क्लवका अध्यक्ष सन्तोष केसीले बताए । साथै उनले उपचारार्थ आउने विरामीहरुको लागि नियमित शुल्कमा पनि छुट प्रदान गरिने सम्झौता भएको बताए ।

अस्पतालका जनसम्पर्क तथा सुचना अधिकृत जनक कुंवरले बेड चार्ज, सम्पुर्ण परिक्षण, अप्रेसन चार्जमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिने गरी क्लव संग सम्झौता भएको बताए । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा अस्पतालका म्यानेजिङ डाईरेक्टर बिरु भण्डारीले रोटरी कलब अफ बुटवल चौतारी संग सम्बन्ध स्थापित गर्नु आफ्ना लागि पनि उपलब्धि भएको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष सन्तोष के।सी को अध्यक्षता, सुदिप थापाको संचालन र दिनेशमणि सुवेदी को स्वागतमा भएको थियो । कार्यक्रममा बिष्णु घिमिरे,थानेस्वर पान्डे लगायतले आआफ्नो भनाई राखेका थिए ।

≪ Previous Post

नवजिवन क्लबको अध्यक्षमा  केशव भुसाल निर्वाचित

Next Post ≫

पेट्रोलियम डिलर्सं एशोसिएसन र बुटवल उद्योग वाणिज्य संघको भवन फिर्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क