Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पेट्रोलियम डिलर्सं एशोसिएसन र बुटवल उद्योग वाणिज्य संघको भवन फिर्ता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पेट्रोलियम डिलर्सं एशोसिएसन र बुटवल उद्योग वाणिज्य संघको भवन फिर्ता

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७९ · 0
पेट्रोलियम डिलर्सं एशोसिएसन र बुटवल उद्योग वाणिज्य संघको भवन फिर्ता
100
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेशको अस्थायी मुकाम बुटवल हुंदा प्रयोग गरेका विभिन्न सामाजिक संघ संस्थाका भवन फिर्ता गरेको छ ।

प्रदेशको स्थायी राजधानी दाङ कायम भई प्रदेश सभा, मन्त्रालय, सम्वन्धित कार्यालय तथा पार्टी संसदिय दलका कार्यालयहरु दाङ स्थानान्तरण भएपछि प्रदेश सभाले प्रयोग गरेका सामाजिक संघसंस्थाका भवनहरु खाली भएका थिए । प्रदेशको स्थायी राजधानी तोकिएपछि अहिले प्रदेश सभा सचिवालय तथा प्रदेश सभा दाङको राप्ती उपत्यका (देउखुरी)बाट सञ्चालन भएको छ ।
प्रदेशसभा सचिवालयले अस्थायी मुकाम बुटवलमा हुंदा प्रयोग गरेका पश्मिाञ्चल पेट्रोलियम डिलर्सं एशोसिएसन र बुटवल उद्योग वाणिज्य संघको भवन तथा सभाहल फिर्ता गरेको छ । प्रदेश सभा सचिवालयले आईतबार एक कार्यक्रमका विच एशोसिएसन र संघको भवन तथा सभाहल एशोसिएसनका अध्यक्ष हिमाल गैरे र बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दिनेशप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
प्रदेशको अस्थायी मुकाम स्थापनासंगै प्रदेश सरकार र एशोसिएसन तथा संघ विच सम्झौता भई बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको संघको भवन तथा सभा हल नेकपा एमाले संसदीय दलले प्रयोग गरेको थियो भने प्रदेश सभाको सचिवालय तथा प्रदेश सभा बैठक उद्योग वाणिज्य संघको भवन तथा हलमा सञ्चालन हुँदै आएको थियो ।
प्रदेश सभा तथा सचिवालय दाङ सरेसंगै पश्मिाञ्चल पेट्रोलियम डिलर्सं एशोसिएसन र बुटवल उद्योग वाणिज्य संघले प्रदान गरेका कार्यालय भवन तथा सभा हल फिर्ता गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी गराउनु भयो ।
प्रदेश स्थापनाकालदेखि पश्मिाञ्चल पेट्रोलियम डिलर्सं एशोसिएसन, बुटवल उद्योग वाणिज्य संघलगायतका संघसंस्थाले नेपालको संविधान र संघीयता कार्यान्वयन प्रक्रियामा प्रदेश व्यवस्थापिकालाई स्थापित गर्ने कार्यमा आफ्ना भवन उपलब्ध गराई गरेको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै संघसंस्थालाई हार्दिक धन्यवाद सहित भवन तथा सभा हल फिर्ता गरिएको सचिव पुनले वताउनु भयो ।
भवन हस्तान्तरण कार्यक्रममा पश्मिाञ्चल पेट्रोलियम डिलर्सं एशोसिएसनका अध्यक्ष हिमाल गैरे, बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, महासचिव विमलराज भट्टराई, सचिव मुक्ति अधिकारीलगायतले संस्थागत सहयोग प्रति  प्रदेशसभाले धन्यवाद ज्ञापन सहित भवन फिर्ता गरेकोमा प्रदेश सभा र प्रदेश सभा सचिव पुन प्रति आभार ब्यक्त गर्नुभयो ।

≪ Previous Post

रोटरी क्लव अफ बुटवल चौतारी र चौराह अस्पताल बीच सम्झौता

Next Post ≫

उद्योग बाणिज्य महासंघको साधारणसभा आजबाट शुरु, वरिष्ठ उपाध्यक्ष ढकाल स्वतः अध्यक्ष

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क