Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ खेलकुदले असल राजनीतिक संस्कार समेत सिकाउछ : पूर्व प्रधानमन्त्री ओलि
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खेलकुदले असल राजनीतिक संस्कार समेत सिकाउछ : पूर्व प्रधानमन्त्री ओलि

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७९ · 0
खेलकुदले असल राजनीतिक संस्कार समेत सिकाउछ : पूर्व प्रधानमन्त्री ओलि
100
SHARES
ShareTweet

लुम्बिनी । पूर्व प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष के पि  शर्मा ओलीले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र नभयर  असल राजनीतिक संस्कार समेत सिकाउने बताएका छन् । विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिश्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने उनले बताए ।

बिहीबार लुम्बिनीमा आयोजित मदन भण्डारी स्पोटर्स एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले खेलकुदलाई बृहद रुपमा बुझ्न र सबैका लागि खेलकुदको अवधारणालाई कार्यान्वयन लैजान आग्रह गरे । ‘खेलकुदले व्यक्तिलाई स्वस्थ र प्रतिश्पर्धी बनाउछ । प्रतिश्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने विधि सिकाउछ,’ ओलीले भने, ‘यसैले खेल व्यक्ति व्यक्तिले खेल्न र स्वस्थ प्रतिश्पर्धामा उत्रने बानीको विकास गर्न आवश्यक छ ।’ उनले खेलकुदले इज्जत, प्रतिष्ठा, राष्ट्रिय पहिचान र अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको बताउदै अब संवृद्धिका लागि पनि खेल आवश्यक रहेको बताए । ‘खेल प्रतिश्पर्धाहरु बढाउनु पर्छ । खेलेर पनि संवृद्ध बन्न सकिन्छ भन्ने बनाउनु पर्छ,’ ओलीले भने ।
पूर्व प्रधानमन्त्री ओलीले खेलसम्बद्ध संस्थाहरुले ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने अभियान थाल्नुपर्ने बताए । त्यस्तो अभियानको थालनी मदन भण्डारी स्पोटर्स एकेडेमीबाट भएको बताउदै यसलाई अझ बिस्तार गर्न सुझाब दिए । आफूले खेल विकास र पूर्वाधार निर्माणलाई सधै प्राथमिकता दिएको बताउदै खेल सम्बद्ध संस्थाहरुले पनि राज्यलाई झकझकाउनु पर्ने बताए ।
कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णु पौडेलले खेलकुदको पूर्वाधार विकासलाई आफूले सधै प्राथमिकता दिएको बताए ।  खेल पूर्वाधारहरु सकिदा धेरै खेलाडीलाई खेलअभ्यास र प्रतिश्पर्धामा सहज हुदै जाने उनले जनाए । खेलेर पनि उत्कृष्ट जीवनयापन गर्न सकिन्छ भन्ने बनाउन खेलाडीको हैसियत बढाउने काममा पनि लगानी बढाउनुपर्ने उनले बताए ।
मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदको विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिश्पर्धालाई अगाडि बढाएको बताए । देशका ६५ जिल्लामा शाखा विस्तार गरेको बताउदै उनले आउदो तीन महिनाभित्र ७७ वटै जिल्ला र स्थानीय तहमा शाखा बिस्तार गरी काम थाल्ने जनाए ।

≪ Previous Post

तिलौराकोट–लुम्बिनीको दूरी २ घण्टा ४० मिनेटमा पार गर्दै नेपाली सेनाका भाट पीस म्याराथनको विजेता

Next Post ≫

होटल पौवाको ७ औं स्थापना दिवस : विरामीलाई फलफूल वितरण, आश्रममा भोजन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क