Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलौराकोट–लुम्बिनीको दूरी २ घण्टा ४० मिनेटमा पार गर्दै नेपाली सेनाका भाट पीस म्याराथनको विजेता
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलौराकोट–लुम्बिनीको दूरी २ घण्टा ४० मिनेटमा पार गर्दै नेपाली सेनाका भाट पीस म्याराथनको विजेता

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७९ · 0
तिलौराकोट–लुम्बिनीको दूरी २ घण्टा ४० मिनेटमा पार गर्दै नेपाली सेनाका भाट पीस म्याराथनको विजेता
140
SHARES
ShareTweet

भैरहवा । प्रदेश खेलकूद परिषद्, लुम्बिनी प्रदेश तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् ।
अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकूद भन्ने नाराका साथ खेलकुद दिवसको अवसरमा आयोजित प्रतियोगितामा भाटले तिलोराकोट–लुम्बिनीको दुरी २ घण्टा ४० ५७ सेकेण्डमा पार गरेका थिए ।
प्रतियोगितामा नेपाल प्रहरीका करण खड्का दोस्रो भएका छन् । उनले २ घण्टा ४२ मिनेट १ सेकेण्डमा दुरी पार गरेका थिए भने २ घण्टा ४४ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भएका छन् ।
खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवद्र्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताउनुभयो ।
म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहिबार बिहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्ति दीप रहेको गेट पुगेर अगाडि पूरा भएको थियो । प्रतियोगितामा ३३ पुरुष धावक सहभागि भएको महासचिव श्रेष्ठले बताउनुभयो । उहांका अनुसार यो वर्षको प्रतियोगिता समापनसंगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ ।
म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार विहान सवा ८ वजे सुरु भई लुम्बिनीको शान्ति दीप रहेको गेट अगाडी (४२ किलो मिटर)पुगेर पुरा भएको थियो । प्रतियोगितामा ३३ पुरुष धावक सहभागि भएका थिए ।

म्याराथनमा प्रथमले १ लाख, द्वित्तीय ले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशी प्राप्त गरेको लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

≪ Previous Post

बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु

Next Post ≫

खेलकुदले असल राजनीतिक संस्कार समेत सिकाउछ : पूर्व प्रधानमन्त्री ओलि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क