भैरहवा । प्रदेश खेलकूद परिषद्, लुम्बिनी प्रदेश तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् ।
अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकूद भन्ने नाराका साथ खेलकुद दिवसको अवसरमा आयोजित प्रतियोगितामा भाटले तिलोराकोट–लुम्बिनीको दुरी २ घण्टा ४० ५७ सेकेण्डमा पार गरेका थिए ।
प्रतियोगितामा नेपाल प्रहरीका करण खड्का दोस्रो भएका छन् । उनले २ घण्टा ४२ मिनेट १ सेकेण्डमा दुरी पार गरेका थिए भने २ घण्टा ४४ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भएका छन् ।
खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवद्र्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताउनुभयो ।
म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहिबार बिहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्ति दीप रहेको गेट पुगेर अगाडि पूरा भएको थियो । प्रतियोगितामा ३३ पुरुष धावक सहभागि भएको महासचिव श्रेष्ठले बताउनुभयो । उहांका अनुसार यो वर्षको प्रतियोगिता समापनसंगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ ।
म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार विहान सवा ८ वजे सुरु भई लुम्बिनीको शान्ति दीप रहेको गेट अगाडी (४२ किलो मिटर)पुगेर पुरा भएको थियो । प्रतियोगितामा ३३ पुरुष धावक सहभागि भएका थिए ।
म्याराथनमा प्रथमले १ लाख, द्वित्तीय ले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशी प्राप्त गरेको लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिनुभयो ।