Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटल पौवाको ७ औं स्थापना दिवस : विरामीलाई फलफूल वितरण, आश्रममा भोजन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होटल पौवाको ७ औं स्थापना दिवस : विरामीलाई फलफूल वितरण, आश्रममा भोजन

संसारपोस्ट संवाददाता · २५ चैत्र २०७९ · 0
होटल पौवाको ७ औं स्थापना दिवस : विरामीलाई फलफूल वितरण, आश्रममा भोजन
120
SHARES
ShareTweet

बुटवल । होटल पौवाले होटलको ७ औं स्थापना दिवस बिबिध कार्यक्रम गरेर मनाएको छ । देशभर ११ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना दिवस मनाएको होटेल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।
अध्यक्ष भण्डारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत पौवाको प्रधान कार्यालय सहित बुटवल शाखाले बुटवलको योगीकुटीबाट प्रभातफेरि सहित लुम्बिनी प्रादेशिक अस्पताल पुगेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ । यस्तै भैरहवा शाखाले पनि गल्लामण्डी स्थित शाखाबाट प्रभातफेरि सहित भीम अस्पताल पुगेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा पौवाका अध्यक्ष भण्डारी, संचालक गणेश पोखरेल, लगानीकर्ता केशव न्यौपाने लगायतले फलफुल वितरण गरेका थिए । भैरहवा स्थित भीम अस्पतालमा संचालक हरि थापा सहितको टोलीले फलफुल वितरण गरेको थियो भने पाल्पा शाखाले लुम्बिनी मेडिकल कलेजको प्रसुती वार्डमा भर्ना भएका आमाहरुलाई फलफुल वितरण गरेको छ ।
त्यसैगरि पोखरा शाखाले ¥याली सहित मानवसेवा आश्रम पुगेर त्यहाँ आश्रितहरुलाई फलाहार भोजन गराएर स्थापना दिवस मनाएको छ । गुल्मीको रेशुङ्गा र कपिलवस्तुको गोरुसिङ्घे शाखाले स्थानीय मन्दिर र सार्वजनिकस्थलको सरसफाई गरेर स्थापना दिवस मनाएको पौवाले जनाएको छ । पौवाको भालुवाङ शाखाले निलसागर आश्रममा आश्रितहरुलाई फलाहार भोजन, घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानको मोडिकल वार्डका विरामीलाई फलफुल वितरण तथा धनगढी शाखाले सेती प्रादेशिक अस्पतालमा भर्ना रहेका बिरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए ।
उनका अनुसार जुम्ला शाखाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रसुती वार्डमा फलफुल वितरण गरेको छ । स्थापना दिवस मनाउन पौवामा आवद्ध कर्मचारी, लगानीकर्ता र शुभचिन्तकहरु नेपाली खना हाम्रो गौरव, नेपाली खानामा नेपाली उत्पादन प्रयोग गरौं, नेपाली पोशाक हाम्रो पहिचान, म नेपाली खाना मन पराउँछु, म नेपाली उत्पादन प्रयोग गर्छु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रभातफेरिमा निस्केका थिए ।
पौवाले अघिल्लो साता मात्र आफ्नो एघारौं शाखा पोखरामा उदघाटन गरेको र १२औं शाखा काठमाडौंको गौशालामा खोल्ने तयारी पुरा भएको होटलका अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार १० वर्षमा १०० शाखाको अभियानमा पौवा अगाडि बढिरहेको छ ।

≪ Previous Post

खेलकुदले असल राजनीतिक संस्कार समेत सिकाउछ : पूर्व प्रधानमन्त्री ओलि

Next Post ≫

नेपाली काँग्रेस तिलोत्तमा ३ द्वारा क्रियाशिल भेला र भित्तेपात्रो विमोचन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क