भैरहवा । पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले शनिबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गर्नु भयो । ओलीले लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुभयो । उहाँले मायदेवी मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी शान्ति दीपको समेत अवलोकन गर्नु भयो । पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनु भयो ।
पूर्वप्रधानमन्त्री ओलीले आफैले शिलान्यास गरेको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको समेत निरीक्षण गर्नुभयो । उक्त अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको समेत सहभागिता रहेको थियो । मुख्यमन्त्री गिरीलाई समेत कोषले स्वागत गरेको थियो । पूर्वप्रधानमन्त्री ओलीले अव चैत १५ गते सम्म कपिलवस्तु, गुल्मी, पाल्पा अर्घाखाँची र रुपन्देहीको कार्यक्रममा सहभागि हुदै यिनै जिल्लामा बस्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
