Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

संसारपोस्ट संवाददाता · १२ चैत्र २०७९ · 0
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई
60
SHARES
ShareTweet

भैरहवा । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) रुपन्देहीले आयोजना गरेको ‘प्रथम एक्यान क्रिकेट टुर्नामेन्ट–२०७९’ को उपाधि हर्सल भण्डारी एशोसिएट्स काठमाडौंले जितेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा एक्यान चितवनलाई १६ रनले पराजित गर्दै हर्सलले उपाधि जितेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) रुपन्देहीको आयोजनामा देशभरी रहेका चार्टर्ड एकाउन्टेन्टहरु बिच सिद्धार्थ क्रिकेट रङशाला भैरहवामा ‘प्रथम एक्यान क्रिकेट टुर्नामेन्ट–२०७९’ प्रतियोगिता आयोजना गरिएको थियो ।
तीन दिनसम्म सञ्चालन गरिएको प्रतियोगिताको समापन समारोहमा विजेता हर्सल भण्डारी एण्ड एशोसिएट्स र उपविजेता चितवनलाई नगद पुरस्कार सहित ट«िफले सम्मान गरिएको थियो । प्रतियोगितामा म्यान अफ द सिरिज हर्सलका सौरभ पेला, वेष्ट व्याट्सम्यान हर्सलकै अमुल रावल र वेष्ट बलर एक्यान चितवनका शंकर अर्याल भए ।
प्रतियोगिताको समापन समारोहमा बोल्दै रुपन्देही क्रिकेट संघका अध्यक्ष हरी थापाले चार्टर्ड एकाउन्टेन्टहरुको क्रिकेट खेल प्रतिको लगाव प्रशंसनीय रहेको बताउनु भयो । उहाँले प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै संघको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै लोक गायक बद्री पंगेनीले चार्टर्ड एकाउन्टेन्टहरुले पनि खेलकुदमा समय छुट्टाएको देख्दा आफुलाई खुशी लागेको बताउनु भयो । एक्यान रुपन्देहीका अध्यक्ष सिए प्रदिप भट्टराईको अध्यक्षतामा भएको र्काक्रममा एक्यान लुम्बिनी प्रदेश प्रमुख सिए प्रेम भुर्तेल, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था बुटवल शाखाका संयोजक सिए शिवहरी शर्मा, एक्यान रुपन्देहीका पुर्व अध्यक्ष्य सिए छबि पोखरेल, नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षक बसन्त शाही, एक्यान लुम्बिनी प्रदेशका सल्लाहकार किशु शर्मा लगायतको सहभागिता रहेको थियो ।

≪ Previous Post

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

Next Post ≫

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क