Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

संसारपोस्ट संवाददाता · १२ चैत्र २०७९ · 0
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार
70
SHARES
ShareTweet

कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर

बुटवल । केन्द्रीय राजनीतिमा आएको फेरबदल संगै त्यसको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ ।
नेकपा माओवादी केन्द, जनमत पार्टी, जसपा, लोसपा र राप्रपा सहितका दलहरुको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लिला गिरी दुई महिनामै अल्पमतमा पर्नुभएको छ् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका गिरीले माघ ५ गते विश्वासको मत लिनु भएको थियो ।
गिरी सरकारलाई समर्थन गरेका र सरकारमा सहभागि भएका दलहरुले आईतवार मुख्यमन्त्री गिरीको राजीनामा माग गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेशसभाका ५३ सांसदले हस्ताक्षर गरी प्रदेश प्रमुख अमिक शेरचनलाई लाई बुझाएका छन् ।
आइतबार प्रदेश प्रमुख शेरचन समक्ष आठ दल र एक स्वतन्त्र सांसदको हस्ताक्षर बुझाइएको हो । कांगे्रसका २७, नेकपा माओवादी केन्द्रका १०, जनमत पार्टी, जसपा र लोसपाका तीन–तीनसँगै नागरिक उन्मुक्तिका चार तथा नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद एक–एकजना गरी ५३ जनाले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन् । लुम्बिनी प्रदेशसभामा जम्मा ८७ जना सांसदहरु छन् ।
प्रदेश प्रमुख शेरचन समक्ष बुझाइएको प्रदेशसभाका बहुमत सांसदहरुले नयाँ मुख्यमन्त्री नियुक्तिको मागगर्दै संविधानको धारा १६८, २ अनुसार सरकार गठनका लागि माग समेत गरेका छन् ।
यसअघि पनि लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्री चयन हुँदा यसै धारा अन्तर्गत सरकार गठन गरिएको थियो ।
संसदहरुले बुझाएको पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले पछिल्लो राजनीतिक घटनाक्रमले देशमा स्थिर सरकार चल्न नसकेको र विकास निर्माण र समृद्धि स्थापित गर्न नसकिएको बताउँदै बहुमत सांसदहरुको मागदाबीलाई आफूले बुझेको भएपनि वर्तमान मुख्यमन्त्रीले संविधान अनुसार १ देखि २ महिनासम्म लम्ब्याउन सक्ने संविधानमा स्पष्ट लेखिएको जनाउँदै त्यसपछिको विकल्प राजीनामा दिनुभन्दा अरु विकल्प नभएको बताउनु भयो । गिरी नेतृत्वको सरकारमा सहभागि नेकपा माओवादी केन्द्र, जनमत र जसपा सकारबाट बाहिरिएका छन् ।
आइतबार माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारबाट राजीनामा दिएका हुन् । माओवादी केन्द्रबाट लुम्बिनीमा जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना मन्त्री बनेका थिए । यस्तै जनमत पार्टीवाट मन्त्री वनेको पार्टी संसदीय दलका नेता सिके गुप्ताले पनि मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका छन् ।
जनमत, जसपा र माओवादी केन्द्र बाट मन्त्री बनेकाहरुले राजीनामा दिएको ती पार्टीहरुले जनाएका छन् । माओवादी संगै सानादलहरु सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री गिरी अल्पमतमा परेका छन् । लुम्बिनीमा एमाले र राप्रपा बाहेक अन्य सबै दल एकातर्फ लागेका छन् ।

 

≪ Previous Post

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

Next Post ≫

आन्तरिक र वाह्य पर्यटकलाई अकर्षित गर्न अर्घाखाँचीको कुंडुलेमा जीपलाइन, स्काई साइक्लिङ र स्काई क्याफे संचालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क