Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर : पूर्व अर्थमन्त्री पौडेल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर : पूर्व अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७९ · 0
मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर : पूर्व अर्थमन्त्री पौडेल
90
SHARES
ShareTweet

यातायात व्यवसायीका समस्याप्रति गम्भीर हुन राजनैतिक दलहरुसंग ब्यवसायीको माग

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था निकै कमजोर रहेको बताउनु भएको छ । सरकारको राजस्वले चालू खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै उहांले समस्या समाधान गर्न सबै एकैठाउँमा जुट्नुपर्ने अवस्था सृजना भएको बताउनु भयो ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को शनिबार बुटवलमा भएको साधारण सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पौडेले मुलुकमा चरम आर्थिक संकट देखा परेको बताउनु भयो ।
‘छोटो कार्यकाल अर्थमन्त्री भएर मुलुकको आर्थिक अवस्था नजिकबाट बुझ्न पाएँ’ पौडेलले भन्नुभयोे, ‘विदेशी मुद्रा सञ्चित पनि छैन । राजस्वको लक्ष्य पूरा हुने अवस्था नहुँदा देश चिन्ताजनक अवस्थामा छ ’ उहाँले भन्नु भयोे ।
रूपन्देही–२ का प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पौडेलले यातायात क्षेत्रका समस्या समाधान गर्न आफू सबै व्यवसायीको साथमा रहेको बताउनु भयो । पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिटो सञ्चालनका लागि सरकारले कार्यविधि स्वीकृत गर्नुपर्ने बताउनु भयो । कार्यविधि स्वीकृत नहुंदा २७ सय जना क्षमताको सम्मेलन केन्द्र उद्घाटन भएको ७ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले प्रा.लि.मा गएका यातायात व्यवसायीलाई संघ÷समितिमै फर्काउने बताउनु भयो । यातायात व्यवसायी संघ÷संस्थालाई प्राइभेट कम्पनीमा लैजानु गलत रहेको पूर्व गृहमन्त्री खाँणले टिप्पणी गर्नु भयो । पुरानै मोडालिटी अनुसार नंै चल्ने गरी नीति परिवर्तन गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष चोपनारायण श्रेष्ठ, ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, पश्चिम नेपाल बस व्यवसायी प्रा. लि.का अध्यक्ष दधिराम खरेल, सञ्चालक जीवन बन्जाडे, रामचन्द्र भुसाल, व्यवसायीहरु योगेन्द्रबहादुर केसी, सुरेन्द्र हमाल, दीपक कुँवरलगायतले यातायात व्यवसायीले भोग्नु परेका समस्याप्रति सरकार गम्भिर हुनुपर्ने माग गरेका थिए ।

≪ Previous Post

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

Next Post ≫

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क