Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७९ · 0
२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई
70
SHARES
ShareTweet

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उपाधी मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लवले २२ औं स्ंस्करणको उपाधी उचालेको हो ।
जित संगै मनाङले ११ लाख ११ हजार १११ नगद राशीको पुरस्कार हात पारेको छ । उपविजेता बनेको सुदूर पश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाएको छ ।
२०३३ सालदेखि सुरू भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलोपटक जितेको हो । निर्धारित समयमा दुबै टिमले १–१ गोल गरेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा गएको थियो ।
मनाङले सुदूरपश्चिमलाई सडेन डेथमा ४–३ गोल अन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयमा दुबैतर्फबाट समान १–१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । उक्त समयमा पनि बराबर गोल भएपछि ट्राइब्रेकरमा पुगेको हो । पेनाल्टी सुटआउटमा मनाङका ४ खेलाडीले गोल गरे पनि जर्सी नम्बर २३ का अजित गुरुङको प्रहार बिममा लाग्दै बाहिरिएको थियो । यसैगरी सुदूरपश्चिम–१ का ४ खेलाडीले गोल गर्दा जर्सी नम्बर ११ का फागुराम थारुको प्रहारलाई मनाङका गोल रक्षक जियानाथ शेखले सहजै छेक्न सफल भए । पेनाल्टी सुटआउटमा समान ४–४ गोल भएपछि सडेन डेथबाट विजेताको टुङ्गो लगाइएको थियो । सडेन डेथमा मनाङले ४–३ गोल अन्तरले जित दर्ता गर्यो । सडेन डेथमा जर्सी नम्बर १२ का दिपेन्द्र मलासीको प्रहार गोलपोष्ट भन्दा निकै माथिबाट बाहिरिएको थियो ।
यसअघि निर्धारित समयको खेलमा दोस्रो हाफमा मनाङका कोफी टिमोथी कोडोले ५९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मैदानमा प्रवेश गरेको केही मिनेटमै उत्कृष्ट खेल प्रदर्शन गरेका जर्सी नम्बर ८ का सैदजमोल डेवलश्नलको क्रसमा कोफीले गोल गरेका हुन् । एक गोलले पछि परेपछि दबाबमा रहेको सुदूरले आफूलाई उत्कृष्ट लयमा फर्काउँदै ७१ औं मिनेटमा गोल बराबरीमा ल्याएको थियो । जर्सी नम्बर ११ का फागुराम थारुले गोल गरेका थिए ।
प्रतियोगितामा सुदूरपश्चिमका फागुराम चौधरी सर्वोत्कृष्ट खेलाडी बन्दै होन्डाको डियो स्कुटर प्राप्त गर्न सफल भए । उनले गोल्डकपमा सर्वाधिक ४ गोल गर्न सफल भएका थिए । यसैगरी विधागत तर्फ वेष्ट फर्वाडरको उपाधी समेत उनैले चुमे । उक्त उपाधीसँगै उनले नगद ३० हजार प्राप्त गरे । यसैगरी मनाङका जियानाथ शेख उकृष्ट गोल रक्षक, विसन गुरुङ उत्कृष्ट मिड फिल्डर, क्याप्टेन आशिष गुरुङ उत्कृष्ट डिफेन्डर तथा किरण श्रेष्ठ उकृष्ट कोच बन्दै जनही ३० हजार नगद पुरस्कार हात पारे ।

≪ Previous Post

नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ : गगन थापा

Next Post ≫

मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर : पूर्व अर्थमन्त्री पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क