Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ : गगन थापा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ : गगन थापा

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७९ · 0
नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ : गगन थापा
80
SHARES
ShareTweet

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको ठूलो पार्टी नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्ने बताउनु भएको छ ।
उहांले ८ लाख पार्टी सदस्य भएको र ३ सय वटा स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आगामी निर्वाचनमा एक्लै लड्ने गरी अगाडी बढ्नुपर्ने बताउनु भयो ।
नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्वर ३, रुपन्देहीले शनिवार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न भन्नुभएको कुरामा सत्यता नरहेको समेत वताउनु भयो । आफ्नो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने रहेको थापाको भनाई छ ।
तत्कालीन नेकपा विभाजन र संसद विघटनले गठबन्धनको संस्कृति निर्माण गरेको वताउंदै महामन्त्री थापाले गठबन्धनको संस्कृति निर्माण गर्न उन्नत व्यवहार आवश्यक रहेको बताउनुभयो ।
नेकपा विघटन गर्ने र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको चाहना नरहेको भए पनि नेकपाले पाँचवर्ष खेर फालेको नेता थापाले टिप्पणि गर्नुभयो ।
नेता थापाले केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने बताउनुभयो । आफूले ६–८ महिना स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा विपन्न नागरिकलाई केन्द्रीत गरेर काम गर्न सकिदो रहेछ भन्ने कुरा जान्ने मौका पाएको उहांले वताउनु भयो ।
‘केही वर्षदेखि सरकारको तयारी गरेका बसेका थियौं, त्यो अब काम लाग्छ ।’ नेता थापाले भन्नुभयो–‘जनताको असन्तुष्टी र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्दछ ।’
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशिल गुरुङको सभापतित्व, क्षेत्र नम्बर ३ (क)का सभापति सुरेन्द्रजंग थापाको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

पाल्पा रिब्दिकोट ख्यहा रुपन्देही सम्र्पक समाजमा शिक्षाको चिन्ता, जगदिश न्यौपानेको नेतृत्वमा नयाँ समिति

Next Post ≫

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क