Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ २२ औं तिलोत्तमा गोल्ड कप : उपाधीका लागि मनाङ र सुदूरपश्चिम भिड्ने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२२ औं तिलोत्तमा गोल्ड कप : उपाधीका लागि मनाङ र सुदूरपश्चिम भिड्ने

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७९ · 0
२२ औं तिलोत्तमा गोल्ड कप : उपाधीका लागि मनाङ र सुदूरपश्चिम भिड्ने
120
SHARES
ShareTweet

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उपाधीका लागि सूदुरपश्चिम–११ र मनाङ मस्र्याङदी भिड्ने भएका छन् । विहीबारको अन्तिम सेमिफाइनल खेलमा मनाङले ट्राइबेकरमा ४–३ गोलअन्तरले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । योसंगै पन्ध्रौ संस्करणको बिजेता समेत रहेको फ्रेन्ड्स क्लब सेमिफाइनलबाट बाहिरिएको हो । पेनाल्टी सुटआउटमा फ्रेन्ड्सका रुपेश केसीले गरेको प्रहार दायाँ तर्फको माथिल्लो बिममा लाग्दै बाहिरिएको थियो भने डोना थापाको प्रहारलाई मनाङका गोल रक्षकले सहजै रोक्न सफल भएका थिए । मनाङका जियनाथ सेख, अजित गुरुङ, विसन गुरुङ र आशिष गुरुङले गोल गरेका थिए । फ्रेन्ड्स क्लबका अमित तामङ, विदेशि खेलाडी टोरिक जिब्रन र उत्तम राईले गोल गरेका थिए ।
निर्धारित समयमा फ्रेण्डस क्लबका तर्फबाट २५ नम्बर जर्सीका विदेशी खेलाडी रफिक अमेनुले खेलको ७ मिनेटमा नै गोल गरेका थिए । यस्तै खेलको २६ मिनेटमा २० नम्बर जर्सीका उत्तम राईले गोल गरेका थिए । पहिलो हाफको ईन्जुरी समयमा मनाङ मस्र्याङदीका क्याप्टेन जर्सीका नम्बर ४ का आशिष गुरुङले एक गोल गर्दै २–१ को अवस्थामा पु¥याएका थिए । दोस्रो हाफको २ मिनेटमा नै मनाङ मस्र्याङदीका २१ नम्बर जर्सीका प्रशन्न श्रेष्ठले गोल गर्दै खेललाई २–२ को अवस्थामा पु¥याएका थिए ।
खेलमा मनाङ मस्र्याङदीका क्याप्टेन आशिष गुरुङ म्यान अफ द म्याच भई ११ हजार १ सय ११ नगद सहित यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरे । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सूदुरपश्चिम ११ ले थ्री स्टार क्लवलाई १–० गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।
फाईनल खेल चैत ११ गते शनिबार हुनेछ । प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी रहेका थिए । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

≪ Previous Post

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

Next Post ≫

ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट : उपाधि वडा नम्बर ५ लाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क