Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७९ · 0
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना
70
SHARES
ShareTweet

 

पाल्पा । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स  एशोसिएसन बुटवल रुपन्देहीले संघको लक्ष्य र उद्देश्यलाई हासिल गर्ने  उद्देश्यले एशोसिएसनको वार्षिक कार्ययोजना बनाएको छ ।

पाल्पाको रिब्दिकोट गाउँपालिका स्थित सिर्जना फार्ममा बुधवार र बिहीवार आयोजना गरिएको योजना तर्जुमा कार्यशाला गोष्ठीले एशोसिएशनले हालसम्म प्राप्त गरेको प्रतिष्ठा र इज्जतलाई मनन गर्दै सदस्य ब्यवसायीहरुलाई प्रदान गर्ने सेवालाई थप परिस्कृत गर्ने, संस्थागत सुधार, ब्यवसायी तथा संस्थागत सम्वन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले वार्षिक कार्यायोजना तय गरेको एशोसिएशनका अध्यक्ष हिमाल गैरेले बताए ।

ब्यवसायीका हकहित, संस्थाका गतिविधिलाई चलायमान र प्रभावकारी वनाउने, एशोसिएशनलाई समयसापेक्ष रुपमा सञ्चालन गर्न के कस्ता कार्यक्रमहरु आयोजना गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको र गोष्ठीले तय गरेका कार्यक्रमलाई वर्तमान कार्यसमितिले कार्यान्वयन गर्न प्रतिवद्ध रहेको अध्यक्ष गैरेले वताए ।

एशोसिएशनको लुम्विनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा तथा गण्डकी प्रदेशका स्याङ्गजा र बाग्लुङ सहित ८ जिल्ला कार्यक्षेत्र रहेको छ । एशोसिएशनले आयोजना गरेको दुई दिने गोष्ठीले सरोकारवाला निकायसंग समन्वय, संस्थागत तथा दैवी प्रकोप सहयोग, लेखा, आयकर तथा अग्नी नियन्त्रण तालिम, एप र सफ्टवेयर निर्माण, आन्तरिक अनुगमन, अध्ययन अवलोकन भ्रमण, भित्ते पात्रो प्रकाशन र तराई र पहाडी जिल्लाका ब्यवसायीहरुको नेतृत्व र दक्षता बृद्धिका लागि तालिम, कार्यशाला र अन्तरकृया गर्ने कार्ययोजना पारित गरेको छ ।

सो अवसरमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन लुम्विनी प्रदेश संयोजक प्रेम न्यौपानेले एशोसिएशनले आयोजना गर्ने हरेक क्रियाकलाप एशोसिएशनप्रतिको विश्वसनियतामा जोडिएको हुनाले सदस्य ब्यवसायीको हितसंगै कार्यक्रमले पनि विश्वसनियता प्राप्त गर्नुपर्ने बताए । उनले गोष्ठीबाट एशोसिएशनको आवश्यकता पहिचान गर्न सहज भएको भन्दै कुनै पनि समस्याको समाधान तत्काल गर्न नसकिए त्यो समस्याले अर्को समस्या निम्त्याउँछ भन्ने तर्फ सवै सचेत र सजग बन्न जरुरी रहेको बताए । संस्थामा सामूहिक जिम्मेवार बोध भयो भने जिम्मेवारीले शक्ति निर्माण गर्ने र शक्तिलाई सही ठाउंमा सदुपयोग गर्न सके परिणाम राम्रो आउने उनको भनाई छ ।

गोष्ठीमा सहजीकरण गर्दै प्रमुख प्रशिक्षक मनोज भट्टराईले गोष्ठीले पदिय जिम्मेवारीमा रहेकाहरुलाई संस्थागत उद्देश्य प्राप्ति, पद भन्दा जिम्मेवारीमा केन्द्रीत हुन, क्षमता अभिबृद्धि गर्न, संस्था संचालन प्रक्रिया तथा भौतिक, मानवीय र वित्तीय स्रोतको ब्यवस्थापनमा सहजीकरण गर्ने वताए ।

गोष्ठीमा सहभागी ब्यवसायीहरुले लगानी अनुसारको प्रतिफल प्राप्त नभएको, बैंक ग्योरेण्टीमा इन्धन नपाउनु, डिप रडले मापन गरेको इन्धन खरिद गरी डिजिटल माध्यममा विक्री गर्नुपर्ने, पेशागत असुरक्षा, अग्नी विमा नहुनु, भारतीय मूल्यसंग एकरुपता नहुनु, राज्यले सम्मानित पेशाको रुपमा नहेर्नुलगायतका समस्या र चुनौती रहेको गुनासो गर्दै समाधानका लागि सामूहिक पहलको आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा पत्रकार खिमानन्द भट्टराईले एशोसिएशनका पदाधिकारी र सदस्यहरुको काम, कर्तब्य र अधिकारका विषयमा सहजीकरण गरेका थिए । एशोसिएशनका अध्यक्ष हिमाल गैरेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य राजु न्यौपाने, एशोसिएशनका वरिष्ठ उपाध्यक्ष योगेन्द्र गुप्ता, प्रथम उपाध्यक्ष रजनिशराज आचार्य, द्वितीय उपाध्यक्ष गोपाल वस्याल, महासचिव हरिराम कसौधन, सचिव डासिराम अधिकारी, कोषाध्यक्ष विशाल गैरे, सह कोषाध्यक्ष लोकराज भुसाल, ब्यवसायी कृष्ण तिवारी, दिनेश न्यौपानेलगायतले वोल्दै गोष्ठीले संस्थागत आवश्यकता पहिचान गर्न र नियमित कार्यक्रम संचालनका लागि मार्गनिर्देशन गरेको वताए ।

≪ Previous Post

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

Next Post ≫

२२ औं तिलोत्तमा गोल्ड कप : उपाधीका लागि मनाङ र सुदूरपश्चिम भिड्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क