Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७९ · 0
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत
120
SHARES
ShareTweet

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
सत्ता समीकरण फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले आज(सोमबार) दोस्रोपटक विश्वासको मत लिनुभएको हो । विश्वासको मत दिन प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । सभामुख घिमिरेका अनुसार मत दिन्न अर्थात् तटस्थमा एक मत परेको छ । आजको संसद बैठकमा २ सय ६२ सांसद उपस्थित रहेका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुले साथ दिएका थिए ।
नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका थिए ।
गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिनुभएको थियो । त्यतिबेला प्रचण्डले २६८ सांसदको विश्वासको मत प्राप्त गर्नुभएको थियो ।
सरकार टिकाउन १ सय ३८ सांसदको मत आवश्यक पर्दछ । एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि झण्डै एक महिनादेखि प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालय आफैंले सम्हालिरहनुभएको छ । विश्वासको मत लिएलगत्तै प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिने बताउँदै आउनुभएको छ ।

≪ Previous Post

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

Next Post ≫

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क