संसार पोष्ट
सैनामैना, १७ साउन । रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डी स्थित एक होटलबाट भालुको छाला, पित्त र दाँत सहित प्रहरीले ३ जनालाई पक्राउ परेको छ । सैनामैना नगरपालिका —१० सालझण्डीमा रहेको अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित ३ जनालाई बिहीबार साँझ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
प्रहरीले कपिलवस्तु बाणगँगा नगरपालिका—२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका—७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाउ गाउँपालिका—१ बस्ने ४३ वर्षीय लालबहादुर सारुलाई पक्राउ गरेको हो ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई भालुको छाला र अन्य अँग सहित फेला पारी पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।