Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ २७ औं वार्षिकोत्सवमा शँकरनगर सामुदायिक वनमा रक्तदान
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

२७ औं वार्षिकोत्सवमा शँकरनगर सामुदायिक वनमा रक्तदान

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0
२७ औं वार्षिकोत्सवमा शँकरनगर सामुदायिक वनमा रक्तदान
70
SHARES
ShareTweet

तिलोत्तमा, २० फागुन । शँकरनगर सामुदायिक वन तिलोत्तमा १–४ रुपन्देहीले २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ ।
२०५२ साल फागुन २० गते आजकै दिन जिल्ला वन कार्यालय रुपन्देहीमा दर्ता भई जिल्लाको पहिलो सामुदायिक वन बन्न सफल शँकरनगर सामुदायिक वनले गत वर्ष देखि वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व र मानविय सेवा अन्तर्गत रक्तदान कार्यक्रम शुरु गरेको समुहका कोषाध्यक्ष भुवन आचार्यले बताए ।
५८४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र विकास निर्माणका काममा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ भने मानविय सेवा अन्तर्गगत रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले सामुदायिक वनले मानवलाई आवश्यक पर्ने रक्तदान जस्तो महत्वपुर्ण काम गरेको भन्दै अन्य संघसंस्थाले पनि यसको अनुशरण गर्नुपर्ने वताए । उनले तिलोत्तमा नगरवासीकालागि तिलोत्तमा नगरपालिकाले निशुल्क रगतको ब्यवस्थाका लागि रक्तसञ्चार केन्द्र संग सम्झौता गरेको वताए । उनले उनले समाजका अगुवाहरुको प्रयाशले वन जंगल र जमिन जोगिएको भन्दै वनलाई जनताको आर्थिक विकास र समृद्धिसंग जोड्नुपर्ने आवश्यक्ता औल्याए ।
नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले संघसंस्थाहरुले संस्थाको कोष बृद्धि गर्नुभन्दा जनतालाई बढिभन्दा वढि सेवा सुविधा कसरि दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी रहेको वताइन् । सामुदायि वन, खानेपानी संस्थाहरुले जनतालाई दिने सेवा महंगो भएको भन्दै उनले यस्ता संस्थाहरुले संस्थाको कोष बुद्धि भन्दा जनतालाई सहुलियत दिन आग्रह गरिन् ।
समूहका अध्यक्ष रबिन्द्र वस्नेतले शिक्षा, स्वास्थ्य र सामाजिक विकास संगै सामुदायिक वनले मानविय सेवा अन्तर्गत वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको वताए । सामुदायिक वनको संरक्षण र दिगो विकासका लागि अग्रजहरुको महत्वपुर्ण भूमिका रहेको वताए ।
कार्यक्रममा समूहका संस्थापक अध्यक्ष केशवराज नयौपाने, उपाध्यक्ष कमला ज्ञवाली र सचिव कालिका अधिकारीले भूमाफियाहरुले हडप्न खोजेको ८२ विगाह जग्गा जोगाउन सफल भएको भन्दै वनको संरक्षण, दिगो विकास र चोरी निकाशी नियन्त्रणका लागि सवैको साथ र सहयोग आवश्यक पर्ने वताए ।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा वनका पदाधिकारी, सदस्य, कर्मचारी र विभिन्न क्लवका प्रतिनिधि सहित ६८ जनाले रक्तदान गरेका समूहका सदस्य मिनप्रसाद देवकोटाले जानकारी गराए ।

 

≪ Previous Post

रोटरी सिद्धार्थनगरद्वारा गौतमबुद्ध विमानस्थललाई ह्वीलचेयर हस्तान्तरण

Next Post ≫

जेसीआई भलवारी रूपन्देहीमा शाखा पदाधिकारी प्रशिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क