Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी सिद्धार्थनगरद्वारा गौतमबुद्ध विमानस्थललाई ह्वीलचेयर हस्तान्तरण
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रोटरी सिद्धार्थनगरद्वारा गौतमबुद्ध विमानस्थललाई ह्वीलचेयर हस्तान्तरण

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0
रोटरी सिद्धार्थनगरद्वारा गौतमबुद्ध विमानस्थललाई ह्वीलचेयर हस्तान्तरण
60
SHARES
ShareTweet

भैरहवा । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तीन थान ह्वील चेयर हस्तान्तरण गरेको छ । क्लबले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ह्वील चेयर हस्तान्तरण गरेको जनाएको छ ।

शुक्रबार विमानस्थलमा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष भोजबहादुर खत्री, सचिव प्रकाश पोखरेल, पूर्वअध्यक्ष बृजेशकुमार अग्रवाल, किशोर जोशी, सावित्री गुरुङ, पूर्वअध्यक्ष परिषद् अध्यक्ष डा.शान्तकुमार शर्मा लगायतले विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहाललाई ह्वील चेयर हस्तान्तरण गरेका हुन् ।
महाप्रबन्धक दाहालले विमानस्थललाई अत्यावश्यक ह्वील चेयर सहयोग गरेर रोटरीले महत्वपूर्ण सामाजिक कार्य गरेको भन्दै प्रशंसा गरे । उनले सधै समाजसेवा र सामाजिक कार्यलाई आफ्नो दायित्व सम्झिने रोटरी जस्ता संघसंस्थाको सहयोगले विमानस्थलको सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘विमानस्थललाई हाललाई ह्वील चेयर अत्यावश्यक थियो । यहाँहरुले गरेको सहयोगबाट अशक्तहरुलाई भित्रबाहिर ल्याउन लैजान सहयोग मिल्ने छ, यो पुण्यको काम हो’, उनले भने । महाप्रबन्धक दाहालले रोटरीलाई यस्ता सामाजिक कार्य निरन्तर गर्न सुझाव दिए । उनले आफू सेवानिवृत्त भएपछि रोटरीमा आबद्ध भएर सामाजिक कार्यमा लाग्ने जनाए ।
क्लबका अध्यक्ष खत्रीले विमानस्थलसँग सहकार्य गरेर ह्वील चेयर हस्तान्तरण गर्न पाउँदा हर्षित भएको बताए । उनले आफूहरुले तत्कालको आवश्यकता पहिचान गरेर सहयोग गरेको जनाए । ‘आउँदा दिनमा पनि स्वार्थभन्दा माथि उठेर विमानस्थलका लागि आवश्यक सामाग्री उपलब्ध गराउँदै जाने छौं’, उनले भने, ‘जहाँ दुख्छ, त्यहाँ रोटरी सिद्धार्थनगर पुग्छ भन्ने भावनासाथ रोटरी विगतदेखि नै सामाजिक कार्य गर्दै आएको छ र अब पनि गर्दै जाने छ ।’
पूर्वअध्यक्ष परिषद् अध्यक्ष शर्माले मानवीय सेवा आफूहरुको मुख्य उद्देश्य रहेको जनाए । उनले हरेक संस्थाले सामाजिक काम गर्नुपर्नेमा जोड दिँदै आफूहरुले समस्या र समस्या भोगिरहेका ठाउँ, बस्ती र नागरिकको पहिचान गरी सेवा गर्दै आएको बताए । क्लबका सदस्य मोहनसिंह गुरुङले ह्वील चेयर नहुँदा विमानस्थल प्रयोग गरेर आउजाउ गर्ने अशक्तहरुलाई समस्या भएको जानकारीमा आएपछि सहयोग गरेको जनाए । उनले अब भने त्यस्ता नागरिकलाई सहज हुने बताए । कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरु, विमानस्थलका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

≪ Previous Post

लागू औषध सहित २ जना पक्राउ

Next Post ≫

२७ औं वार्षिकोत्सवमा शँकरनगर सामुदायिक वनमा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क