Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ ‘सम्पर्क समाजले जन्मभूमि प्रतिको माया र सम्वन्धलाई थप प्रगाढ वनाउंछ’
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

‘सम्पर्क समाजले जन्मभूमि प्रतिको माया र सम्वन्धलाई थप प्रगाढ वनाउंछ’

संसारपोस्ट संवाददाता · १४ फाल्गुन २०७९ · 0
‘सम्पर्क समाजले जन्मभूमि प्रतिको माया र सम्वन्धलाई थप प्रगाढ वनाउंछ’
100
SHARES
ShareTweet

बुटवल । सामाजिक सेवाभावले खोलिएका सम्पर्क समाजले आफ्नो जन्मभूमि प्रतिको माया र सम्वन्धलाई थप प्रगाढ वनाउने एक कार्यक्रमका वक्ताहरुले वताएका छन् ।
लिम्घा रुपन्देही सम्पर्क समाज बुटवल, रुपन्देहीको तेस्रो साधारण सभा तथा दास्रो अधिबेशनमा बोल्ने वक्ताहरुले आफ्नो जन्मस्थान छोडेर रुपन्देहीका विभिन्न ठाउंमा वसोवास गरेका ब्यक्तिहरुलाई गोलवद्ध गरेर समाज अगाडी बढ्नुपर्ने उनीहरुले वताएका छन् ।
साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले समाजले सामाजिक सद्भाव राख्नेगरी सेवामुलक काम गर्नुपर्ने सुझाव राख्नुभयो । उहांले यस्ता समाजले नयां सन्ततीलाई समाजमा गोलवद्ध गर्नुका साथै उनीहरुमा गाउँ प्रतिको माया ममतामा वढावा दिलाउन सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।


कार्यक्रममा समाजका अध्यक्ष परमानन्द भट्टराईले गुल्मी जिल्लाको लिम्घा (हाल सत्यवती गाउँपालिका–४) बाट रोजगरी, बसाईसराई, अध्ययन तथा अन्य कामको सिलसिलामा रुपन्देहीका विभिन्न ठाउंमा छरिएर रहेका लिम्घेलीहरुलाई गोलवद्ध गर्दै एक अर्कामा परेका दुख सुखमा सहभागि हुने उद्देश्यले समाजको स्थापना गरिएको वताउनुभयो ।
चार वर्ष अगाडी स्थापना भएको समाज जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विधिवत दर्ता भएको समाजले लिम्घाका पहिरो पीडितलाई आर्थिक सहयोग, तीज मिलन, मृत्यु संस्कारमा सहयोग तथा समबेदाना ब्यक्त गर्नुका साथै गुल्मी लिम्घाका ऐतिहासिक र सांस्कृतिक महत्वका क्षेत्रहरुको प्रचार प्रसारका कामलाई अगाडी वढाउने वताउनु भयो ।
समाजका उपाध्यक्ष खिमानन्द भट्टराईको स्वागत र सचिव भोजराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा बुटवल लक्ष्मी पार्कका अध्यक्ष बाबुराम भट्टराई, लक्ष्मीनगर विकास केन्द्रका उपाध्यक्ष गोकर्ण ज्ञवाली, समाजका सल्लाहाकार धर्मदत्त ज्ञवाली, शँकर ज्ञवाली, कुलमणि ज्ञवाली, छविलाल रेगामीलगायतले बोल्दै लिम्घावाट बसाई सराई गरी रुपन्देहीका विभिन्न ठाउंमा बसोबास गरेका गाउंवासीलाई संस्थागत गर्दै एकताबद्ध गर्नु समाजको महत्वपुर्ण काम भएको वताउनु भयो । साधारण सभाले समाजका कोषाध्यक्ष प्रेमनिधी ज्ञवालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र अध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।


समाजिक सद्भाव राख्ने गरी सेवामुलक, गैरराजनीतिक संस्थाका रुपमा दर्ता भएको समाजले बुटवल लक्ष्मीनगर स्थित लक्ष्मी पार्कमा आफ्नै लगानीमा निर्माण गरेको सभाहलमा साधारण सभा, वनभोज र मनोरन्जनामत्क सांस्कृति कार्यक्रम गरेको हो ।

समाजमा पुन: भट्टराईको नेतृत्वमा नयाँ समिति चयन

लिम्घा रुपन्देही सम्पर्क समाज बुटवल, रुपन्देहीको दोस्रो अधिबेशनबाट पुन: परमानन्द भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको छ ।
अधिबेशनले उपाध्यक्षमा खिमानन्द भट्टराई, सचिवमा भोजराज पौडेल, कोषाध्यक्षमा प्रेमनिधी ज्ञवाली तथा सदस्यहरुमा बसन्त थापा, मिनराज ज्ञवाली, थम्मन शाही, जिवलाल ज्ञवाली, गोमा गैरे ज्ञवाली, सरस्वती शर्मा ज्ञवाली, गुमानसिंह सिंजाली, दुर्गा ज्ञवाली, हरि ज्ञवाली, लालमणि भट्टराई र हरिप्रसाद ज्ञवाली रहेका छन् ।
निर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक धर्मदत्त ज्ञवाली, सदस्य होमनाथ ज्ञवाली र मन शाहीले शपथ ग्रहण गराउनुका साथै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

रोटर्याक्ट बाणिज्य क्याम्पसद्वारा हाजिरीजवाफ प्रतियोगिता

Next Post ≫

बसले मोटरसाईकललाइ ठक्कर दिदा बुटवलका पत्रकार हितंगाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क