Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिग क्रिकेट :सैनामैना क्रिकेट क्लब डिभिजन ‘ए’ मा प्रवेश
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देही सुपरलिग क्रिकेट :सैनामैना क्रिकेट क्लब डिभिजन ‘ए’ मा प्रवेश

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७९ · 0
रुपन्देही सुपरलिग क्रिकेट :सैनामैना  क्रिकेट क्लब डिभिजन  ‘ए’ मा प्रवेश
120
SHARES
ShareTweet

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा सैनामैना क्रिकेट क्लब डिभिजन ‘बी बाट ‘ए’मा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’को खेलमा साई ग्लोबल एकेडेमीलाई ६ विकेटले पराजित गर्दै सैनामैना ‘ए’ डिभिजनमा प्रवेश गरेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रनको मध्ययम स्कोर बनायो । उसका लागि अभिजित ज्ञवालीले ५६, सुरज यादवले १६, ऋषि रानाले १२ र आषिश रोक्काले १० रन बनाए । बलिङमा सैनामैनाका करण विक र सन्जु बोहराले समान ३–३ तथा सुनिल पौडेल, अशोक विक र गणेश गौतमले समान १–१ विकेट लिए ।

प्रतिउत्तरमा १ सय ५१ रनको सामान्य लक्ष्य पछ्याएको सैनामैनाले २३.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा सन्जु बोहराले नटआउट ४२, विशाल रानाले ३१, गणेश घिमिरेले २९ र करण विकले नटआउट १९ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका राहुल थापाले २ तथा अनिल यादव र विवेक कोहाँरले १–१ विकेट लिए । सैनामैनाका सन्जु बोहरा म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा रक्तदान

Next Post ≫

राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता : प्रदिप र अभिलाषाले चुमे उपाधि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क