Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा रक्तदान
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा रक्तदान

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७९ · 0
बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा रक्तदान
70
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग र नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बुटवल बालमन्दिरमा मंगलबार बिहान रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा संघका पदाधिकारी, सदस्य, उद्योगी व्यवसायी, सुभेच्छुक र जनपथ तथा शसस्त्र प्रहरी समेत गरी ७१ जनाले रक्तदान गरेका स्थापना दिवस काकार्यक्रम संयोजक प्रकाश कुमार श्रेष्ठले जानकारी गराउनु भयो । त्यसै अवसमार दुई जना नियमित रक्तदाताले जन्मदिनको अवसरमा रक्तदान गरेका थिए ।
रक्तदान गरेका रक्तदाताहरुलाई संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दानबहादुर थापालगायतले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
त्यसैगरी संघले स्थापना दिवसकै अवसरमा अनलाई बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अनलाईन बजारलाई व्यवस्थित गर्नुपर्ने भनाई राख्नुभयो ।
‘दराज’ सँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले दर्ता नभएका अनलाईन बजारलाई दर्ता गर्न र करको दायरामा आउन आग्रह गर्नुभयो । ‘हिजो डोकोमा बोकेर व्यापार गर्नुपर्ने समय थियो, अहिले यातायातले त्यसलाई व्यवस्थित गरेको छ ।’ उहाँले भन्नुभयो–‘अहिले सुपरमार्केट भन्दापनि अगाडि बढेर अनलाईन मार्केट आईसकेको छ, यसलाई व्यवस्थित गर्न आवश्यक छ ।’
कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले समयको दौरानसँगै व्यवसाय पनि आधुनिक हुनु स्वभाविक भएको बताउँदै समयको मागसँगै अगाडि बढ्नु राम्रो भएको बताउनु भयो । उहाँले अनलाईन बजारमा एउटा समान देखाएर अर्को सामान डेलिभरी गर्ने गुनासाहरु आएको बताउँदै अनलाईन बजार सञ्चालकले आफ्नो सेवाको गुणस्तरमा ध्यानदिनुपर्ने भनाई राख्नुभयो ।
दराजकी प्रोजेक्ट म्यानेजर हसिना महर्जनले दराजले दिने सेवाहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार दराजका दैनिक एक लाख ८१ हजार सदस्य छन् भने दराजले २ देखि २० प्रतिशत लिष्टिङ फि (कमिसन) मा काम गरिरहेको छ । दराज उत्पादक र उपभोक्तालाई जोड्ने अनलाईन प्लेटफर्म मात्रै रहेको दराजका सेलर कम्प्लाईन्स मार्केट इन्टेलिजेन्स म्यानेजर कश्यपप्रसाद मरहठ्ठाले बताउनु भयो । दराजले प्यान र भ्याटमा रहेका कम्पनीसंग मात्रै चेक पेमेन्ट गर्ने बताउँदै एथेन्टिक समान नभए डवल मनीव्याकगर्ने च्यानल म्यानेजर आश्मा ढुंगानाले जानकारी गराउनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराई, सचिव मुक्ति अधिकारी लगायतले पछिल्लो समयमा अनलाईन बजार व्यापक रुपमा आएको बताउँदै कतिपय अनलाईन बजारका कारण राम्रो अनलाईन बजारलाई पनि उपभोक्ताले त्यही रुपमा बुझ्न थालेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको भनाई राख्नु भएको थियो ।

≪ Previous Post

एकता सहकारीका शेयर सदस्यलाई सहकारी शिक्षा तालिम

Next Post ≫

रुपन्देही सुपरलिग क्रिकेट :सैनामैना क्रिकेट क्लब डिभिजन ‘ए’ मा प्रवेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क