Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एकता सहकारीका शेयर सदस्यलाई सहकारी शिक्षा तालिम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एकता सहकारीका शेयर सदस्यलाई सहकारी शिक्षा तालिम

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७९ · 0
एकता सहकारीका शेयर सदस्यलाई सहकारी शिक्षा तालिम
70
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको बुमटवल उपमहानगरपालिकामा रहेको एकता वचत तथा ऋण सहकारी संस्थाले संस्थाका शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारी संस्थाले मंगलबार बुटवलमा कार्यक्रमको आयोजना गरी संस्थाका नयाँ तथा पुराना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको हो ।
तालिममा प्रशिक्षण दिदै लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालय सहकारी दर्ता अधिकारीको कार्यालयका रजिष्टार भिमप्रसाद तिवारीले कतिपय सहकारीका सञ्चालकहरुको गलत बुझाईकाकारण यसको वास्तविक रुप नै विग्रिन थालेको बताउनु भयो ।
उहाँले सहकारीमा अनुशासन र पारदर्शीता अपरिहार्य रहेको बताउँदै विधि र पद्धतिमा रहेर काम गरेका सहकारीमा भने अहिलेसम्म कुनै प्रकारको समस्या नदेखिएको बताउनु भयो । पछिल्ला केही दिनहरुमा सहकारी संस्थाहरुले गरेका अनियमितता सम्बन्धि उजुरी दिनदिनै आउन थालेको बताउँदै त्यस्ता समस्या आउन नदिनेगरी गतिविधि सञ्चालन गर्न सहकारी संस्था र सहकारीका सञ्चालकहरु वढि जिम्मेवार हुनुपर्नेमा उहांले जोड दिनुभयो ।
सहकारी संस्थाकी अध्यक्ष सावित्रा टण्डनले सहकारीका शेयर सदस्यहरुलाई सहकारी सम्बन्धि तालिम प्रदान गरेर सहकारीलाई पारदर्शी बनाउन र शेयर सदस्यहरुमा जागरुकता ल्याउनका लागि समय समयमा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो ।
संस्थाका उपाध्यक्ष लोकहरी पाण्डेको स्वागत तथा शिक्षा समितिकि संयोजक तारा गौतमको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक नारायण सुवेदीले सहकारीका समग्र गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको सचिव विष्णुप्रसाद पौडेलले बताउनु भयो ।
२०५४ सालमा स्थापना भएको उक्त सहकारीमा हाल २ हजार ६४ शेयर सदस्य छन् भने तालिम कार्यक्रममा करिव ३ सय जना सहभागि रहेका सचिव पौडेलले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीमा एमालेको ग्रासरुट अभियान सुरु

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क