Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीमा एमालेको ग्रासरुट अभियान सुरु
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देहीमा एमालेको ग्रासरुट अभियान सुरु

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७९ · 0
रुपन्देहीमा एमालेको ग्रासरुट अभियान सुरु
50
SHARES
ShareTweet

बुटवल । नेकपा एमाले रुपन्देहीले ‘मिसन ग्रासरुट’ अभियान मंगलबारदेखि सुरु गरेको छ । एमाले जिल्ला कमिटी रुपन्देहीले मिसन ग्रासरुट अभियानको पहिलो कार्यक्रम अन्तर्गत मंगलबार कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक अभिमुखीकरण गरेको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश कमिटी इन्चार्ज छविलाल विश्वकर्माले प्रशिक्षण दिंदै वडा र टोलसम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिए । पार्टीको दशौं महाधिवेशनले पारित गरेका दस्तावेज र निर्णयहरु तल्लो तहका कार्यकर्तामाझ पु¥याउंदै दक्षिणपन्थी बिसर्जनवाद र संगठनात्मक अराजकताको अन्त्य गर्न पनि ग्रासरुट अभियान प्रभावकारी हुने सचिव विकले बताए ।
संविधान सभाबाट बनेको संविधानले व्यवस्था गरेका उपलब्धीहरुको पक्षमा पार्टी प्रतिवद्ध रहेको भन्दै विश्वकर्माले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध उठाइएका आवाज र भ्रमको पछि नलाग्न निर्देशन दिए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य बैजनाथ चौधरीले स्थानीय तहका जनप्रतिनिधिहरु र नेताहरुबीच समन्वयको अभाव र असमझदारी बढेकोले यसलाई तत्काल समाधान गर्नुपर्ने बताए ।
उनले पार्टी नेता कार्यकर्तालाई बैचारिक खुराकको कमी भएको, शिक्षित र सक्षम युवा पुस्तालाई पार्टीमा जोड्न र नेतृत्वमा स्थापित गर्न नसकिएकाले यसतर्फ पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने औंल्याए ।
कार्यक्रममा पार्टी केन्द्रीय सल्लाहकार समितिका सदस्य गोपाल भट्टराई, पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसी, उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरे, प्रचार विभाग प्रमुख हितराज पन्थी लगायतले ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पुराउने भएकाले सबैको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए ।
२ महिने अभियानमा पोलिटब्युरो र केन्द्रीय कमिटीका ७ जना नेता १६ वटा पालिकामा खटिने छन् ।
अभियान अन्तर्गतको मंगलबारको कार्यक्रममा जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी र जनवर्गीय संगठनका जिल्ला अध्यक्षहरुलाई अभिमुखीकरण गरिएको थियो ।
ग्रासरुट अभियान अन्तर्गत अव सवै जिल्ला कमिटीका भेला, बैठक र प्रशिक्षण सञ्चालन हुनेछन् । सवै पालिकाहरुमा भेला, बैठक र प्रशिक्षण सञ्चालन गरिने एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

≪ Previous Post

रूपन्देही सुपरलिग : देवदह क्रिकेट युनिट १५ रनले विजयी

Next Post ≫

एकता सहकारीका शेयर सदस्यलाई सहकारी शिक्षा तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क