Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रूपन्देही सुपरलिग : देवदह क्रिकेट युनिट १५ रनले विजयी
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रूपन्देही सुपरलिग : देवदह क्रिकेट युनिट १५ रनले विजयी

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७९ · 0
रूपन्देही सुपरलिग : देवदह क्रिकेट युनिट १५ रनले विजयी
90
SHARES
ShareTweet

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’ को मंगलबारकोे खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ । देवदहले शंकरनगर क्रिकेट क्लबलाई १५ रनले पराजित गर्दै जित निकालेको हो ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको देवदहले निर्धारित ४८ ओभरको खेलमा २४.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय २३ रनको सामान्य योगफल बनायो । उसका लागि विनित कार्कीले ४४, क्षितिज थापाले २२, कृष्ण पासीले १७ र सुरज खड्काले १४ रन बनाए ।
८ ओभर बलिङ गरेका शंकरनगरका महेन्द्र सुवेदीले ३ मेर्डन राख्दै ३४ रन खर्चेर ६ विकेट लिए । यस्तै, विपिन भट्टराईले २ तथा केशव पौडेल र विष्णु पाण्डेले समान १–१ विकेट लिए ।
प्रतिउत्तरमा १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको शंकरनगर २४.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८ रनमै समेटियो र हार व्यहोर्यो ।उसका लागि हार्दिक थापाले नटआउट ६८ र विष्णु पाण्डेले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न नसक्दा टिम पराजित हुन पुग्यो ।
बलिङमा देवदहका अर्जुन रायमाझीले ५, रोशन गौतमले ३ तथा सुरज खड्काले २ विकेट लिए । खेलमा देवदहका अर्जुन रायमाझी म्यान अफ द म्याचभई एक हजार रुपैयाँ प्राप्त गरे ।
चैत्र ३ गते सम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

≪ Previous Post

मल खरिदका लागि अर्थ मन्त्रालयद्वारा थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

Next Post ≫

रुपन्देहीमा एमालेको ग्रासरुट अभियान सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क