Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता : प्रदिप र अभिलाषाले चुमे उपाधि
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता : प्रदिप र अभिलाषाले चुमे उपाधि

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0
राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता : प्रदिप र अभिलाषाले चुमे उपाधि
110
SHARES
ShareTweet

बुटवल । बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को पुरुष÷महिला एकल तर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन् । बुधबार भएको पुरुष तर्फको फाईनल खेलमा बुटवलका रितिक रानालाई ६–३, ६–३, ६–२ को सेटमा जित निकाल्दै प्रदिपले उपाधि चुमे ।
महिला सिंगलको उपाधि अभिलाषा बिष्टले चुमिन् । विष्टले माहिका रानालाई फाईनलमा ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाईन । प्रतियोगिताको पुरुष÷महिला सिंगल तर्फ उपाधि विजेतालाई नगद ६० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।


यसैगरि ३५ वर्ष उमेर समूह पुरुष एकलको उपाधि सन्तोष खत्रीले चुमे । बुधबार भएको फाईनल खेलमा खत्रीले सिमान्त गुरुङलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै उपाधि जिते ।
यसैगरि ५५ वर्ष उमेर समूह पुरुष एकलको उपाधि बिमल गुरुङले हात पारेका छन् । फाईनलमा कमल थापालाई ६–३, ६–३ को सेटमा पराजित गर्दै गुरुङले उपाधि चुमे ।
एक कार्यक्रमका बिच फाईनल प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, श्री २२ नं. बाहिनीका उपरथी नवराज गुरुङ, नेपाल टेनिस संघका निवर्तमान अध्यक्ष मनोज शम्सेर राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, उपाध्यक्ष डा. मनोज ढुंगाना, निवर्तमान अध्यक्ष सन्जय प्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेत, संघका सचिव सब्बर मियाले पुरस्कार वितरण गर्नु भयो ।

≪ Previous Post

रुपन्देही सुपरलिग क्रिकेट :सैनामैना क्रिकेट क्लब डिभिजन ‘ए’ मा प्रवेश

Next Post ≫

सत्ता गठबन्धनमा देखिएको गन्जागोलले मुलुकलाई दुर्घटना तर्फ लैजान्छ : कमल थापा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क