Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अक्सफोर्डद्वारा उत्कृष्ट नतिजा ल्याउने ५४ विद्यार्थीलाई नगद सहित पुरस्कृत
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अक्सफोर्डद्वारा उत्कृष्ट नतिजा ल्याउने ५४ विद्यार्थीलाई नगद सहित पुरस्कृत

संसारपोस्ट संवाददाता · २० कार्तिक २०७९ · 0
अक्सफोर्डद्वारा उत्कृष्ट नतिजा ल्याउने ५४ विद्यार्थीलाई नगद सहित पुरस्कृत
90
SHARES
ShareTweet

बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तर्गत प्रथम त्रैमासिक परीक्षामा उत्र्तीण भएका विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरेको छ । असोज महिनामा लिएको प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै अक्सफोर्डमा अध्ययनरत ५४ जना विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्ति सहित पुरस्कृत गरिएको हो ।
दशजोड दुईको परीक्षामा सम्मिलित परीक्षार्थीहरु मध्ये ३ दशमलव ६५ जि.पि.ए भन्दा माथि ल्याउने ११ जना विद्यार्थी तथा ३ं दशमलव ४४ जि.पि.ए. ल्याउने ४३ जनालाई सम्मान सहित नगद प्रदान गरेको हो । विद्यालयले ३ दशमलव ६५ जि.पि.ए. ल्याउने परीक्षार्थीहरु नगद १० हजार र ३ं दशमलव ४४ जि.पि.ए भन्दामाथि ल्याउने ४३ जना परीक्षार्थीहरुलाई नगद तीन हजार सहित सम्मान तथा पुरस्कृत गरेको हो । उत्कृष्ट जि.पि.ए. ल्याउने ५४ जना विद्यार्थीले तीन महिनाको छात्रवृत्ति समेत प्राप्त गरेको प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो । उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको उल्लेख गर्दै प्राचार्य भुसालले पहिलो त्रैमासिक परीक्षामा जस्तै अन्य परीक्षामा पनि विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गर्दै जाने बताउनुभयो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समिति सदस्य लालितप्रसाद खरेल, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी लगायतले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्नु भएको थियो ।
विद्यालयका सहायक प्राचार्य सुमन भुसालको सञ्चालनमा भएको कार्यक्रम विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गर्नुभएका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । विद्यालयले गरेको नतिजा प्रकाशन कार्यक्रममा एक हजार ५७७ जना अभिभावकहरुको उपस्थिति रहेको विद्यालयका शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । अक्सफोर्डमा अध्ययन गर्ने विज्ञान र ब्यवस्थापनमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

≪ Previous Post

कृषि क्षेत्रका समस्या समाधान गर्ने एमाले उम्मेदवारको प्रतिबद्धता

Next Post ≫

सहकारीका शेयर सदस्य तथा दुधका उपभोक्तालाई मिल्क क्यान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क