Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कृषि क्षेत्रका समस्या समाधान गर्ने एमाले उम्मेदवारको प्रतिबद्धता
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कृषि क्षेत्रका समस्या समाधान गर्ने एमाले उम्मेदवारको प्रतिबद्धता

संसारपोस्ट संवाददाता · २० कार्तिक २०७९ · 0
कृषि क्षेत्रका समस्या समाधान गर्ने एमाले उम्मेदवारको प्रतिबद्धता
80
SHARES
ShareTweet

लुम्बिनी । रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमालेका उम्मेदवारहरुले मतदातासँग रासायनिक मल, सिँचाई, कृषि उपजको बजारीकरणलगायतका कृषि क्षेत्रसँग सम्बन्धित समस्याहरु समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । योजनाबद्ध रुपमा काम गर्दा किसानका समस्याहरु समाधान गर्न सकिने बताउँदै उम्मेदवारहरुले व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहन मिल्ने गरी आवश्यक नीति, नियम समेत बनाइने बताए ।
आसन्न निर्वाचनका सन्दर्भमा विभिन्न स्थानमा घरदैलो अभियानका क्रममा मतदातासँगको अन्तरक्रियामा एमाले उम्मेदवारहरुले खेतीयोग्य जमिनमा सिँचाईका लागि लिफ्ट सिँचाईको साथै उपर्युक्त स्थानहरुमा भूमिगत सिंँचाईको व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका छन् । रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरी प्रतिनिधिसभा सदस्य पदमा बासुदेव घिमिरे र प्रदेश सभा सदस्य पदमा भूमिश्वर ढकाल तथा रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घिमिरेले प्रथम नगर प्रमुख हुँदा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सरसफाई, सामाजिक सशक्तिकरणका क्षेत्रमा गरेका नमूना कामका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका मुलुककैं नमूना नगरपालिका बन्न सफल भएको छ । उम्मेदवार घिमिरेले तिलोत्तमालाई नमूना नगरपालिका बनाएको अनुभव आफूसँग रहेकोले क्षेत्र नं. ५ का बासिन्दाहरुका आमसमस्या समाधान गर्न आफूसँग स्पष्ट योजना रहेको बताए ।
एमालेले कृषि तथा पशु बिमालाई अनिवार्य गर्दै विभिन्न प्रकोपबाट हुने नोक्सानीको क्षतिपूर्तिको व्यवस्था मिलाउने, कृषि उपज संकलन, चिस्यान तथा प्रशोधन केन्द्र निर्माण गर्ने आफ्नो प्रतिबद्धतामा समावेश गरेको छ । यस्तै कृषि उपजको उचित मूल्य र बजारीकरण गर्ने, रासायनिक मलको दीर्घकालीन समाधानको लागि आवश्यक पहल गर्ने विषयलाई पनि एमाले उम्मेदवाहरुले आफ्नो प्रतिबद्धतामा समावेश गरेका छन् । नदी तथा खोलाबाट हुने भूक्षय नियन्त्रण गर्न तटबन्धसहितका पूर्वाधार निर्माण गर्ने, वन, चुरे, ताल तलैयालगायतका प्राकृतिक सम्पदाको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गरिने एमालेले जनाएको छ ।

≪ Previous Post

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र निर्वाह भत्ताको व्यवस्था गर्छौं : पूर्व अर्थमन्त्री पौडेल

Next Post ≫

अक्सफोर्डद्वारा उत्कृष्ट नतिजा ल्याउने ५४ विद्यार्थीलाई नगद सहित पुरस्कृत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क