Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र निर्वाह भत्ताको व्यवस्था गर्छौं : पूर्व अर्थमन्त्री पौडेल
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र निर्वाह भत्ताको व्यवस्था गर्छौं : पूर्व अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · २० कार्तिक २०७९ · 0
खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र निर्वाह भत्ताको व्यवस्था गर्छौं : पूर्व अर्थमन्त्री पौडेल
130
SHARES
ShareTweet

बुटवल । पूर्व खेलकुद तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीले बुटवलमा आयोजना गरेको खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै उहांले देशका लागि खेलेर नाम उचो बनाउने खेलाडीहरुलाई सम्मानित तरिकाले बा“च्ने आधार बनाउने बताउनुभयो । ‘उर्जाशील जीवन खेलेरै बिताउन सकून् । त्यसकालागि खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण र वर्षभरि प्रतियोगिता आयोजना गर्ने वातावरण बनाउनेछौं,’ उहांले भन्नुभयो –‘रोग लाग्दा उपचार गर्न निशुल्क स्वास्थ्य विमा, जीवन विमा र अशक्त तथा बुढ्यौली उमेरमा निर्वाह भत्ताको व्यवस्था गर्नेछौं ।’
पूर्व मन्त्री पौडेलले खेलाडी राष्ट्रका गहना भएको बताउदै खेलाडीलाई वर्तमान र भविष्यमा जीउनेबारे चिन्ता लिन नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउदै सबैका लागि खेल गतिविधि गरिनु पर्ने बताउनुभयो ।
एमाले उपाध्यक्ष पौडेलले आफू खेलकुद मन्त्री बन्दा खेलको विकासका लागि दशरथ रंगशाला, टिटी रंगशाला लगायतको स्तरोन्नतिमा गरेको काम सम्झिनुभयो । अर्थमन्त्री हुंदा प्रदेश स्तरीय खेलमैदान, एक प्रदेश एक रंगशाला निर्माण, हाइअटिच्युट खेलको प्रशिक्षण र सुरुवात, शान्तिका लागि दौड, खेल पूर्वाधारको स्तरोन्नति लगायतको काम गरेको उहांले बताउनु भयो ।
रुपन्देहीको क्ष्ँेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उमेदवार समेत रहेका पौडेलले खेल प्रतिश्पर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिश्पर्धा सिक्नुपर्ने र स्वार्थ एवं अस्वस्थ प्रतिश्पर्धा हटाउन खेलका विधि र तरिकाहरुलाई जस्तै स्वच्छ विधि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले आफू मन्त्री हुंदा एक पालिका एक खेलमैदा, उजीरसिंह रंगशाला, सिद्धेश्वरी खेलमैदान लगायतमा लगानी गरेको बताउनुभयो । रुपन्देहीको क्षेत्र नम्बर २ को १ बाट प्रदेशसभाका एमाले उम्मेदवार समेत रहेका उहांले अब खेलको पूर्वाधार विकास, निरन्तर प्रतियोगिता र खेलाडीलाई प्रोत्साहन गर्ने काम गर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा रुपन्देही २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले स्वास्थ्य र खेलको क्षेत्रमा देखिनेगरी काम गर्ने बताउनुभयो । खेलाडीको सम्मान हुनु भनेको देशको सम्मान हुनु रहेको बताउदै खेललाई विभिन्न विधासंग जोडेर विकास गर्ने र खेलाडीलाई सहजरुपमा जिउने आधार तयार गर्ने प्रतिवद्धता जनाउनुभयो ।
राप्रपा प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार प्रदीप उदयले खेलाडीको व्यवसायिकता र सम्मानित जीवनको लागि दल र तिनका नेताहरुले सोच्नुपर्ने बताउनुभयो ।
मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलाडी र खेलकुदको क्षेत्रमा उम्मेदवारबाट प्रतिवद्धता लिन कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनले देशका लागि खेल्ने खेलाडीलाई सुरक्षित र सम्मानित भएर बांच्ने वातावरण बनाउन काम गर्न आग्रह गर्नुभयो । एकेडेमीका सचिव डा. शक्ति बस्नेतले खेल र स्वास्थ्य दुवै क्षेत्रमा राजनीतिक दलहरुले काम गर्न आवश्यक रहेको बताए उनु भयो । एकेडेमीका केन्द्रीय सदस्य डा. प्रकाश पौडेलले खेलाडीहरुका लागि छुट्टै अस्पतालको व्यवस्था गरिदिन माग गर्नुभयो । अन्तराष्ट्रिय पूर्व खेलाडी तथा प्रशिक्षक तुलबहादुर थापाले खेलाडीले आफ्नो जीवन कसरी चलाउने भन्ने चिन्ता नमानी खेल्ने वातावरण बनाइदिन माग गर्नुभयो ।

≪ Previous Post

राजनीतिक दलले भोलीदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने

Next Post ≫

कृषि क्षेत्रका समस्या समाधान गर्ने एमाले उम्मेदवारको प्रतिबद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क