Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सहकारीका शेयर सदस्य तथा दुधका उपभोक्तालाई मिल्क क्यान
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

सहकारीका शेयर सदस्य तथा दुधका उपभोक्तालाई मिल्क क्यान

संसारपोस्ट संवाददाता · २० कार्तिक २०७९ · 0
सहकारीका शेयर सदस्य तथा दुधका उपभोक्तालाई मिल्क क्यान
80
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ स्थित डिङ्गरनगर दुरगामी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना उपभोक्तालाई मिल्क क्यान (दुध बोक्ने भाँडो) प्रदान गरेको छ । दुध संकलन तथा विक्रि वितरण गर्दै आएको उक्त सहकारीले सञ्चालन गरेको बिक्री केन्द्रबाट दुध लैजाने नियमित शेयर सदस्य तथा उपभोक्तालाई मिल्क क्यान उपलब्ध गराएको हो ।
यस अगाडी प्लाष्टिक पोकामा दुध विक्री वितरण गर्दै आएको उक्त सहकारीले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्नको लागि मिल्क क्यान वितरण गरिएको संस्थाका अध्यक्ष घनश्याम तिवारीले बताउनु भयो । तिलोत्तमा नगरपालिका वडा नं. ३ मा सञ्चालन गरिएको उक्त सहकारीको दोस्रो साधारण सभाको अवसरमा आफ्ना उपभोक्तालाई मिल्क क्यान वितरण गरिएको थियो ।
उक्त सहकारीबाट नियमित दुध उपभोग गर्ने ३ सय बढी उपभोक्ता रहेका छन् । त्यस्तै करिव २० वटा पसलले पनि नियमित दुध लैजाने र उपभोक्तालाई विक्री वितरण गर्दै आएको सहकारीका व्यवस्थापक बसन्तप्रसाद पराजुलीले जानकारी गराउनु भयो ।
त्यस्तै उक्त सहकारीले उत्पादन र विक्री वितरणलाई प्रातथमिकता दिँदै उत्पादित दुग्धजन्य उत्पादनको बजार विस्तार गर्नको लागि आवश्यकता अनुसार विक्री केन्द्र स्थापना गर्ने भएको छ । संस्थाको शनिबार सम्पन्न साधारण सभाले दुध तथा दुग्धजन्य पदार्थको विक्री वितरण तथा बजार विस्तार गर्नको लागि आवश्यकता अनुसार विक्री केन्द्र स्थापना गर्न साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको हो । साधारण सभामा संस्थाका अध्यक्ष घनश्याम तिवारीले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
हाल सहकारीले रुपन्देहीका बिभिन्न स्थान गोरकट्टा, धकधई, टिकुलीगढ समेतबाट दुध संकलन गर्दै आएको छ भने संकलित दुध तथा प्रशोधित दुग्धजन्य परिकार तिलोत्तमाको वडा नं. ३ संस्थाको कार्यालयमा रहेको विक्री केन्द्रबाट विक्री वितरण हुँदै आएको कोषाध्यक्ष सुरेन्द्रमान बज्रचार्यले जानकारी गराउनु भयो । उहाँका अनुसार हाल संस्थाले सरदर दैनिक ६ सय लिटर दुध संकलन गरि दुध तथा प्रशोधित दुग्धजन्य पदार्थ विक्री वितरण गर्दै आएको छ ।
२०६७ सालमा स्थापना भएको दुरगामी वचत तथा ऋण सहकारी संस्था र २०५० सालमा स्थापना भएको डिङ्गरनगर दुग्ध उत्पादक संहकारी संस्था बिच दुई वर्ष अगाडि मात्रै मर्जर गरिएको थियो । मर्जर अगाडि पनि डिङ्गरनगर दुग्ध उत्पादक सहकारी संस्थाले दुधको संकलन तथा वितरण गर्दै आएको थियो । त्यसबेला दैनिक २ सय लिटर दुध संकलन तथा विक्री वितरण भएको थियो भने मर्जर पछि बढेर दैनिक ६ सय लिटर पुगेको उहाँ बताउनु हुन्छ ।
त्यस्तै संस्थाले वचत तथा ऋणलाई भन्दा उत्पादनलाई जोड दिएको छ । सोही अनुसार संस्थाले अन्य गतिबिधि समेत सञ्चालन गर्नुपर्ने भएकाले हाल सञ्चालनमा रहेको भवनको भुई तलामा विक्री केन्द्र स्थापना गर्ने र त्यसको माथि तला थप्ने प्रस्ताव पनि पारित भएको छ । त्यस्तै अन्य व्यवसायिक कार्य गर्ने प्रस्ताव पारित गर्दै साधारण सभाले रुपन्देही जिल्ला कार्य क्षेत्र रहेको उक्त सहकारीलाई लुम्बिनी प्रदेश स्तरीय बनाउने प्रस्ताव पारित गरिएको संस्थाका अध्यक्ष तिवारीले बताउनु भयो । अव संस्थाले क्रमशः लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सहकारीका गतिबिधिहरु अगाडि बढाउने छ ।
संस्थाको कार्यक्षेत्र भित्र पर्नेगरी आवश्यकता अनुसार संस्थाको सेवा केन्द्र सञ्चालन गर्ने प्रस्ताव पनि पारित भएको छ । यसले बाँकी जिल्लामा सदस्यता विस्तार तिब्र रुपमा भयो भने सेवा केन्द्र सञ्चालनको लागि सहज वातावरण बन्ने सचिव रामबहादुर थापा क्षेत्रीले बताउनु भयो ।
त्यस्तै संस्थागत हित र विचार मिल्ने सहकारीसंग एकिकरण गर्नको लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । दुध तथा दुग्धजन्य उत्पादन ढुवानीको चारपांग्रे सवारी साधन गरिद गर्ने, संस्थालाई उद्योग सञ्चालन गर्दा आवश्यक पर्ने उपकरणहरु (यंत्र, औजार, मेसिन लगायत) तथा कच्चा पदार्थ खरिद गरि आयात गर्ने, आगामी आर्थिक वर्षदेखि व्यवसायिक कार्य सञ्चालन गर्ने, दुग्ध व्यवसायलाई थप व्यवसायिक तरिकाले सञ्चालन गर्न आधुनिक उपकरण जडान गर्न आवश्यक परेकाले प्लान्ट खरिद गर्ने लगायतका प्रस्ताव पारित भएको सचिव थापा क्षेत्रीले बताउनु भयो ।
संस्थाको मर्जर पश्चात संस्थागत विकासमा उल्लेखनीय सुधार आएको बताउँदै यसलाई अझै समुन्नत बनाउने लक्ष्य लिईएको उपाध्यक्ष बलराम न्यौपाने बताउनु हुन्छ ।
साधारण सभामा संस्थाका पूर्व अध्यक्ष बलराम पौडेल, वचत तथा ऋण सहकारी संघ रुपन्देहीका सञ्चालक रामप्रसाद पौडेल, संरक्षक कुमार बहादुर सिंह, सल्लाहकार हरिप्रसाद तिवारी, बेलप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, शेयर सदस्य रमा बोगटी, बुद्धिप्रसाद ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो ।

 

≪ Previous Post

अक्सफोर्डद्वारा उत्कृष्ट नतिजा ल्याउने ५४ विद्यार्थीलाई नगद सहित पुरस्कृत

Next Post ≫

जनताको आवश्यकता नै मेरो प्राथमिकता : उम्मेदवार केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क