Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जनताको आवश्यकता नै मेरो प्राथमिकता : उम्मेदवार केसी
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

जनताको आवश्यकता नै मेरो प्राथमिकता : उम्मेदवार केसी

संसारपोस्ट संवाददाता · २० कार्तिक २०७९ · 0
जनताको आवश्यकता नै मेरो प्राथमिकता : उम्मेदवार केसी
80
SHARES
ShareTweet

बुटवल । रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताउनु भएको छ । ‘यहाँका जनताको आवश्यकता नै मेरो प्राथमिकता हो ।’ उहाँले भन्नुभयो–‘चुनाव जितेर गएपछि पनि म प्रत्येक महिना जनताको माझमा आउने छु, जनताका थप आवश्यकताहरु के छन् भनेर सोध्ने छु ।’
उहाँले जनताको आवश्यकता र माग अनुसारको काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै यदि काम गर्न नसके त्यसको प्रष्ट जवाफ दिने बताउनु भयो । उहाँले एमाले उम्मेदवार लिला गिरीसंग यस अगाडीको निर्वाचनमा गरेका बाचा कहाँ गए भनेर प्रश्न गर्न पनि आग्रह गर्नुभयो । २०७४ को प्रदेश सभा निर्वाचनमा एमाले उम्मेवार लिला गिरी निर्वाचित हुनु भएको थियो भने प्रदेश सरकारमा उहाँ मन्त्री समेत हुनु भएको थियो । चुनावमा उहाँले प्रदेशको राजधानी बुटवलमा राख्ने प्रतिवद्धता व्यक्त गरेर मत मागे पनि निर्वाचन जितेपछि राजधानी सार्ने काममा मुख्यमन्त्री शंकर पोखरेलाई सहयोग गरेर यहाँका जनतालाई धोका दिएको आरोप लाग्दै आएको छ ।
चुनावी प्रचार प्रसार अभियान अन्तरगत मतदाताको घरदैलोमा रहनु भएका उम्मेदवार केसीले जनतामाझ आफ्नो प्रतिवद्धता सहित आफूलाई मत दिएर जिताउन आग्रह गर्नुभएको छ । अखिल नेपाल फूटवल संघ (एन्फा)का उपाध्यक्ष समेत रहनु भएका केसीले उक्त निर्वाचन क्षेत्रमा खेल क्षेत्रको लागि मुख्य तीन कामलाई प्राथमिकतामा राख्नुभएको छ ।
रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेवार रहनु भएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा र उहाँले संयुक्त रुपमा जनता माझ ल्याएको प्रतिवद्धता पत्रमा बुटवलको एन्फा एकेडेमीलाई राष्ट्रियस्तरको आधुनिक रङ्गशालाको रुपमा विकास र विस्तार गर्न पहल गर्ने, तिलोत्तमा नगरपालिकाको वडा नंं ४ डिंगरनगरमा रङ्गशाला निर्माण गर्न पहल गर्ने, खेल सम्वन्धि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने, र खेलको माध्यमवाट लागू पदार्थका दुव्र्यसनीहरुको जीवनशैलीमा सुधार ल्याउने उल्लेख गरिएको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा समेतको सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेस महासमिति सदस्य केसी अखिल नेपाल फूटवल संघ (एन्फा) का उपाध्यक्ष, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका सल्लाहकार, नेपाल यातायात मजदुर संघको केन्द्रीय उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीका सदस्य हुनुहुन्छ ।
आफ्नो निर्वाचन क्षेत्रलाई समुन्नत र विकशित बनाउने अठोट गर्दै उहाँले बुटवलको कालिकापथलाई यथाशिघ्र निर्माण सम्पन्न गर्न कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कालिका पथमा बजार व्यवस्थापन गर्दै रात्रीकालन बजार सञ्चालनको व्यवस्था मिलाउने उहाँले बताउनु भयो ।

त्यस्तै बुटवलको अभियान पथलाई स्तरोन्नती गर्ने, बुटवलको कालिकानगरको कालिका चोक, मिलन चोकको तीनकुने चोक, होराईजन चोक र देवीनगरको चौपारी क्षेत्रमा आकाशे पुल निर्माण गर्न पहल गर्ने, निर्माणाधिन १६÷३६ कुलोलाई यथाशिघ्र सम्पन्न गर्न पहल गर्ने र कुलोमा तटवन्ध गरी कटानवाट जग्गा संरक्षण गर्ने, मजुवा र खयरघारी जोड्न तिनाउ नदीमा पक्की पुल, आर्युवेदिक अस्पतालदेखि मगरघाटसम्मको सडकलाई स्तरोन्नती, तिलोत्तमा चक्रपथ निर्माण कार्य तदारुकताकासाथ अघि बढाउने, तिलोत्तमाको ड्राईभरटोल–डिङ्गरनगर जाने सडकको ढल तथा नाली व्यवस्थित गर्ने, ड्राईभरटोलदेखि दक्षिण पुरानो सडकमा ढल निकाससहित सडक स्तरोन्नती, ड्राईभरटोलदेखि १० नं. चोक १२ नं. हुदैं कुञ्जलापुर चोकवाट करौजियासम्म ढल निकास सहितको सडक स्तरोन्नती, तिनाउ कोरिडोर निर्माण गरी वैकल्पिक मार्गको रुपमा विकास, नया मिलदेखि मोतीपुर जोड्ने सडकमा तीनाउ नदीमा पुल निर्माण उहाँका प्राथमिकता हुन् ।
त्यस्तै तिलोत्तमाको वडा नं. ५ मा सिद्धार्थ राजमार्गको दुवैतर्फ सडक नालीलाई व्यवस्थित, नया मिलदेखि पुर्व पश्चिम जाने दुवै तर्फका सडक, ड्राईभरटोलदेखि पुर्व शिवपुर जाने सडकलाई ढल निकासहित स्तरोन्नती, बुटवलको देवीनगर देखि तिलोत्तमाको डिंगरनगरसम्म जाने सडक स्तरोन्नती, तिलोत्तमामा सभा हल निर्माण र रक्त सञ्चार केन्द्र स्थापना पनि उम्मेदवार केसीको प्राथमिकताका विषय हुन् ।
त्यसैगरी खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, आर्थिक विकास एवं औद्योगिकरण, रोजगारी, उर्जा तथा जलप्रवद्र्धन, मानव संशाधन विकास, मजदुर वर्गको उत्थान, सुशासन, भूमिहिन तथा सुकुम्वासी व्यवस्थापन, कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, छाडा चौपाया व्यवस्थापन, सहकारी प्रवद्र्धन लगायतका विषयमा उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

≪ Previous Post

सहकारीका शेयर सदस्य तथा दुधका उपभोक्तालाई मिल्क क्यान

Next Post ≫

माओवादीलाई सहयोग नगरेको भन्दै रुकुम काँग्रेसले सोध्यो आधा दर्जन नेतालाई स्पष्टिकरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क