रुकुम । नेपाली काँग्रेस रुकुम पश्चिमले नेकपा माओवादीको चुनावी प्रचारप्रसारमा सहयोग नगरेको भन्दै नेपाली काँग्रेस रुकुमका नेताहरूलाई स्पष्टिीरण सोधेको छ ।
देउवा पक्षको दबाबका कारण जिल्लामा माओवादीले आयोजना गरेको चुनावी कार्यक्रममा सहभागी नभएको, माओवादीलाई भोट नमागेको आदि आरोप लगाउदै जिल्लाका केही नेताहरूलाई पार्टीले स्पष्टिकरण सोधेको कुरा खुल्न आएको छ ।
महासमिति सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार तिलक बहादुर भण्डारी सहित नेविसंघ पुर्व उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि खडग बहादुर डाँगी, पुर्व जिल्ला उपसभापति वीर बहादुर ओलि, तरुणदल जिल्ला सभापति लोकेन्द्र केसी, शिक्षक संघ अध्यक्ष तारा चन्द लगायत आधा दर्जन नेताहरुलाई स्पष्टिकरण सोधिएको छ ।
स्पष्टिकरण पत्रमा गठबन्धनलाई सहयोग नगरेको, गठबन्धनका कार्यक्रम सभा सम्मेलन र बैठकमा सहभागी नभएको स्वतन्त्र उम्मेदवार तारक केसीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेको भन्दै पार्टीले २४ घण्टे स्पष्टिकरण सोधेको छ । स्पष्टिकरणको बारेमा काँग्रेस नेता खड्ग बहादुर डाँगी सँग बुझ्न खोज्दा आफुलाई कुनै जानकारी नभएको बताउनु भयो । कता कता मिडियामा हल्ला सुनेको थिएँ, कसले सोधेको हो ? कसैलाई बुझाउने स्पष्टिकरण ? केही थाहा नभएको प्रतिक्रिया डाँगीले दिनु भयो । डाँगी लोकप्रिय युवा नेता हुनुहुन्छ । स्पष्टिकरण सोधिएका सबै जसो काँग्रेस रुकुमको राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्ने नेताहरू हुनुहुन्छ ।
स्पष्टिकरण पत्रमा चित्तबुझ्दो जवाफ पेस नगरेमा र गठबन्धनलाई नसघाएमा थप कार्वाही अगाडी बढाउने समेत उल्लेख छ । उसो त महासमिति सदस्य भण्डारी गठबन्धनका उम्मेदवार जनार्दन शर्मा सहभागि बैठकमा समेत सहभागि भएका थिए । तर गठबन्धनका कुनै पनि बैठक र सार्वजनिक कार्यक्रममा सहभागि नभएकि देउवा निकट प्रदेश समिति सदस्य सीता ओलीलाई भने स्पष्टिकरण सोधिएको छैन । नेपाल शिक्षक संघकी अध्यक्ष तारा चन्दलाई समेत स्पष्टिकरण सोधिएको छ । जबकी शिक्षकलाई प्रत्यक्ष राजनैतिक गतिविधिमा सहभागि हुन नपाउने नियम छ तर चन्दलाई समेत पत्र थमाइएको छ ।
रुकुम पश्चिममा प्रदेश देखि प्रतिनिधि सभा उम्मेदवार सबै नेकपा माओवादीका छन् । केन्द्रमा गठबन्धन भए पनि रुकुम पश्चिममा उम्मेदवार दर्ता गरेको भोलिपल्ट सम्म जिल्लामा गठबन्धनको टुंगो थिएन । त्यहि कारणले नेता कार्यकर्ताहरु अलमलमा थिए । तर अहिले विषेश गरि देउवा पक्षका तीन जना नेताहरू गोपालजी जंग, मान बहादुर नेपाली र कृष्ण रोकाय जिल्लामा गठबन्धन भन्दै माओवादीको पछिपछि लागेका छन् । जिल्लाका अरु नेता कार्यकर्ताहरुलाई पनि माओवादीलाई भोट हाल्नुपर्छ प्रचारप्रसारमा जानुपर्छ भन्दै यी तीन नेताहरूले दबाब दिइरहेका छन् । जिल्लामा आत्मसम्मान सहितको गठबन्धन नभएको भन्दै करिव ९०% नेता कार्यकर्ताहरु पूर्ण रुपमा रुष्ट रहेको काँग्रेस रुकुमका एक नेता बताउँछन् ।
