Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ उद्देश्य पुरा नहुँदासम्म गठबन्धन कायम रहन्छ : पाण्डे
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्देश्य पुरा नहुँदासम्म गठबन्धन कायम रहन्छ : पाण्डे

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७९ · 0
उद्देश्य पुरा नहुँदासम्म गठबन्धन कायम रहन्छ : पाण्डे
80
SHARES
ShareTweet

पाल्पा, ६ कात्तिक । गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेयले लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताउनुभएको छ ।
नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता पाण्डेयले तानसेन ६ को कुन्सरे, सम्मोचौपारी, भोटेचौपारी, ककरुंगा, बर्तुङलगाएतका ठाउँका अगुवा कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा एउटै उद्देश्य बोकेर पाँच दलीय गठबन्धन बनेको बताउँदै उद्देश्य पुरा नहुँदासम्म गठबन्धन कायम रहने बताउनुभएको हो ।
संघियता र गणतन्त्रविरुद्धमा लाग्नेलाई परास्त गर्न गठबन्धन बनेको भन्दै पाण्डेयले संघियताको कार्यान्वयन र गणतन्त्रको स्थायीत्वका लागि पाँच दलीय गठबन्धन दीर्घकालसम्म रहने उल्लेख गर्नुभयो ।
नेता पाण्डेयले पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचन लड्न लागेको भए पनि समग्र पाल्पा जिल्लालाई आधार बनाएर आर्थिक समृृद्धिको थालनी पनि पाल्पाबाट नै गर्ने बताउनुभयो । नेपालमा थुप्रै राजनीतिक परिवर्तन भएपनि आर्थिक समृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको भन्दै नेता पाण्डेयले अव त्यसको नेतृत्व गठबन्धनले गर्ने बताउनुभयो ।
कार्यक्रममा गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ (१) का उम्मेदवार वीर बहादुर रानाले देशलाई सही मार्गमा डो¥याउन र पाल्पासहित समग्र देशको विकास गर्नका लागि गठबन्धन नेतृत्वलाई जिताउन आवश्यक रहेको बताउनुभयो । उम्मेदवार रानाले इमान्दार भएर गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।
गठबन्धनको जित सुनिश्चित रहेको भन्दै नेता रानाले संविधान मिच्ने, लोकतन्त्रको चीरहरण गर्ने, जनप्रतिनिधि संस्थालाई विघटन गर्नेका विरुद्ध गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

≪ Previous Post

तिनाउ खोलाले बगाएर पाल्पामा एक बालकको मृत्यु

Next Post ≫

रुपन्देहीमा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क