Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७९ · 0
रुपन्देहीमा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक
70
SHARES
ShareTweet

भैरहवा, ६ कात्तिक । रुपन्देहीमा राती १० बजेपछि देउसी–भैलो खेल्न प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गरी तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने जनाएको छ ।
कार्यालयले चाडपर्वको समयमा बिस्फोटक जन्य पटकाहरु खरिद÷बिक्री गर्ने, पड्काउने, ध्वनी तथा वायु प्रदुषण गर्ने लगायतका गतिविधि नगरी देउसी खेल्न आग्रह गरेको छ ।
रातको १०ः०० बजेपछि देउसी भैलो नखेल्न र देउसी भैलो खेल्दा राजमार्ग तथा सहायक राजमार्ग अवरोध गर्ने, बढी रकम असुल्न बाध्यतामा पार्ने जस्ता असामाजिक किसिमका गतिविधि नगर्न नगराउन सम्पूर्ण जिल्लाबासीहरुमा जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । साथै यस्ता किसिमका गतिविधि गरेको पाईएमा कानुन बमोजिम कडा कारबाही गरिने समेत सूचनामा जनाइएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ । मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।

≪ Previous Post

उद्देश्य पुरा नहुँदासम्म गठबन्धन कायम रहन्छ : पाण्डे

Next Post ≫

रेडियो जागरणका समाचार प्रमुख मास्कीको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क